कोरोना भाइरस संक्रमणबाट जोगिन तरुण दलका १२ आग्रह

कोरोना भाइरस संक्रमणबाट जोगिन तरुण दलका १२ आग्रह
+
-

काठमाडौँ – कोरोना भाइरसको संक्रमणबाट जोगिन सुरक्षात्मक उपाय अबलम्बन गर्न नेपाल तरुण दलले आग्रह गरेको छ ।

तरुण दलले एक विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्ध सावधानी अपनाउन आग्रह गरेको हो ।

यस्ता छन् तरुण दलले गरेका १२ आग्रह

१) आदरणीय आमाबुवा, दाजुभाई, दिदीबहिनीहरु अति आवश्यक कार्य बाहेक अन्य कार्यमा घर बाहिर ननिस्की सुरक्षित तरिकाले घरमै बसी केही समयलाई समाजिक दुरी कायम गरिदिनुहुन अनुरोध गरिन्छ ।

२) विभिन्न कामका लागि नेपाल बाहिर गएका सम्पूर्ण नागरिकलाई जो जहाँ हुनुहुन्छ केही समयका लागि सुरक्षित तरिकाले सोही ठाउँमा बसिदिनुहुन अनुरोध गरिन्छ ।

३) समाजिक संजाल, अनलाइन समाचार लगाएत अन्य समाचारका माध्यमबाट अपवाह फैलिने खालका समाचार भन्दा सचेत र सुरक्षित हुने खालका समाचार सम्प्रेषण गरिदिनहुन सम्पूर्ण संचार माध्यमहरु संग अनुरोध गरिन्छ ।

४) समाजिक संजाल लगाएत अन्य माध्यममा अनावश्यक अपवाह फैलाईएको देखिएकोले अपवाह फैलाई त्रसित बनाउने जो कोहीलाई कडा भन्दा कडा कारवाही गरियोस । त्यसका लागि नेपाल तरुण दल नेपाल सरकार र सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न सदैब तत्पर रहने जानकारी गराउदछौ ।

५) हाल ठुला तारे होटलहरु बन्द अवस्थामा रहेका हुनाले होटल संचालक निकाय संग आवश्यक सल्लाह गरी उक्त होटलहरु आइसोलेसनका लागि तयारी अवस्थामा राखियोस् ।

६) धर्मशाला, पार्टी प्यालेस, साना र मझौला होटलहरु, तालिम केन्द्र र पायक पर्ने अन्य स्थललाई क्वारेन्टाइनको प्रयोगको लागि सम्बन्धित निकाय संग सर सल्लाह गरी आवश्यक कार्य तत्काल अघि बढाईयोस् ।

७) मास्क, औषधी, सेनिटाइजर, खाद्यान्न ग्यास लगाएत अन्य दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव र कालोबजारी देखिन थालेकोले यसरी कृत्रिम अभाव र कालोबजारी गर्नेहरु पत्ता लगाई कडा भन्दा कडा कारवाही गरियोस । साथै जनताका न्युनतम सेवा सुविधाका वस्तुको उपलब्धतामा सहजता कायम गरियोस् ।

८) स्वास्थ्य उपचारमा रातदिन खटिने स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउनका लागि प्रोत्साहन स्वरुप थप सेवा सुविधामा प्रबन्ध गरियोस् ।

९) केही समयका लागि अति आवश्यक बाहेक अन्य कार्यहरु बन्द गर्नुपर्ने अवस्था आएकाले दैनिक ज्यालामजदुरी गरी जीवन निर्वाह गर्ने वर्ग मारमा पर्ने देखिन्छ । यसकारण यो वर्गको दैनिक जीवन निर्वाहको लागि सरकारका तर्फबाट आवश्यक प्रबन्ध गरियोस् ।

१०) निजि क्षेत्रबाट हवाईसेवा प्रदान गर्ने केही कम्पनीहरुले तोकिएको भन्दा अत्याधिक भाडा असुलेको देखिनमा आएकोले सो कार्य तत्काल रोक्न नेपाल तरुण दल ध्यानाकर्षण गराउँदछ ।

११) सकेसम्म लामो दुरीको यात्रा नगरौ यदि गर्नैपर्ने अवस्था आएमा यसका लागि सरकारका तर्फबाट सुरक्षित र सुलभ यातायातको प्रबन्ध गरियोस् ।

१२) अन्त्यमा सम्पूर्ण निकायलाई आफु र आफु वरिपरिको वातावरणको सरसफाईमा ध्यान दिनुका साथै आफु सचेत भई अरुलाई पनि सचेत गराउदै त्रसित नभई सजग रहनका लागि नेपाल तरुण दल हार्दिक अनुरोध गर्दछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?