
काठमाडौं- कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफण्टा सीमा नाकामा रोकिएका सबै नेपालीहरुलाई प्रवेश दिइएको छ।
सरकारले सीमानाकामा अलपत्र रहेका सीमामा आएर रोकिएका नेपालीलाई स्वदेश प्रवेश गर्न निर्देशन दिएपछि उनीलाई नेपाल प्रवेश गर्न दिइएको हो।
तर स्वदेश फर्किएका नेपालीहरुले भने १४ दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने सर्त पालना गर्नु पर्नेहुन्छ।
यसअघि सरकारले आइतबार नेपाल र भारततर्फका सबै सीमा ७ दिनका लागि बन्द गरेपछि नाकामा नेपालीहरु अलपत्र परेका थिए।
सीमामा रहेका नेपालीहरु स्वदेश फर्किएपछि अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने शर्त छ।
त्यसका लागि उनीहरुको विवरण राखिने र नियमित अनुगमन गरिने कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले जानकारी दिए।