विमान दुर्घटनाको त्रासदी

विमान दुर्घटनाका शव र घाइतेको आर्तनाद पछ्याउँदा…

विमान दुर्घटनाका शव र घाइतेको आर्तनाद पछ्याउँदा…
+
-
काठमाडौँ- त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा युएस बांग्ला एयरवेजको विमानमा आगलागीको खवर निमेषभरमै फैलियो सोमबार दिउँसो।
लगत्तै विमानस्थलबाट सबैभन्दा नजिक रहेको अस्पताल काठमाडौँ मेडिकल कलेज (केएमसी) पुग्दा परिसरको दृश्यले नै दुर्घटना भयानक रहेको संकेत गर्‍यो।
घाइते बोक्दै एयरपोर्टबाट हुँइकिँदै आएका एम्बुलेन्सलाई सहज बनाउन सिनामंगलदेखि पुरानो बानेश्वर सडकमा सर्वसाधारणका सवारीसाधन निषेध गर्न ट्राफिक प्रहरीलाई हम्मे परिरहँदा अस्पतालभित्र भने सख्त घाइतेको उपचारमा चिकित्सक जुटिसकेका थिए।  घाइतेलाई हेर्नेहरुको भिडले उनीहरुलाई केही हदसम्म अवरोध गरिरहेको थियो।
घाइतेको उपचारका लागि अस्पतालका वरिष्ठ चिकित्सकदेखि एमबीबीएस विद्यार्थी समेत तैनाथ भए क्षणभरमै। एम्बुलेन्सहरुले घाइतेलाई ओसारिरहेका थिए।
विमान दुर्घटनामा बाँच्ने भन्दा मर्नेको संख्या झण्डै तीन  गुणा बढी भयो। विमानमा सवार चालक दलसहित ७१ जना मध्ये २२ ले मात्रै पुनर्जीवन पाए। त्यो पनि अंगभंग र सख्त घाइते अवस्थामा। एक जना भाग्यशाली भने सामान्य उपचारपछि घर फर्किसकेका छन्। ४९ जनाले दुर्घटनामा ज्यान गुमाए।
अस्पताल पुगेर जीवन गुमाउनेमा पर्यटन व्यवसायी प्रविण चित्रकार, हरिशंकर पौडेल समेत छन्। डाक्टर पढेर फर्कँदै गरेकी सजना देवकोटाको पनि जीवन रहेन। मृतक नेपालीको शव तत्कालै आफन्तले रुवाबासीसहित बुझे तर पाँच विदेशी नागरिकहरुको मृत शरीर भुइँमा लडिरहेका थिए। चालक दलकी सदस्यमध्येकी एक बंगलादेशी नागरिक पृथला रसिदको शवसमेत त्यहीँ थियो। ती मृत शरीरसमेत कुनै प्रदर्शनीस्थलमा सजाइने सामग्री जस्तै क्यामरामा कैद भइरहे राति अबेरसम्म।
उता आकस्मिक उपचारपछि विभिन्न वार्डमा पुर्‍याइएका घाइतेको चिच्याहट र रोदनले अस्पतालको पूरै वातावरण कारुणिक बनेको थियो र उपस्थित सबै निःशव्द थिए।

दुर्घटनामा परेका प्रवीण चित्रकारका परिवारजन।

अपरिचित ठाउँ, अपरिचित मानिस त्यसमाथि पनि जीवनमरणको दोसाँधमा रहेका अधिकांश बंगालीहरुका आँखाले उपचारसँगै आफन्तको सामिप्य खोजेको प्रष्ट देखिन्थ्यो। त्यसमाथि पनि भाषाका कारण उनीहरुले पीडा पोख्न समेत पाएका थिएनन्। तीमध्ये कसैको शरीरका अधिकांश भाग जलेका थिए त, कसैका हातखुट्टा सद्दे थिएनन्।

अंग्रेजी तथा हिन्दी भाषा बुझ्न र बोल्न सक्नेले भने केही राहत महसुस गर्दै थिए, कारण चिकित्सकको सहयोगबाट आफन्तको आवाज छिट्टै सुन्न पाएर।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरु भाषा नबुझ्नेहरुलाई सांकेतिकरुपमा सान्त्वता समेत दिइरहेका थिए।
आकस्मिक उपचारपछि वर्न वार्डमा भर्ना भएकी बंगलादेशी शिक्षिका शाहरिन अहमद बंगलादेशमा रहेका आफ्न्तसँग कुरा गर्न पाउँदा आफुलाई धन्य ठानिरहेकी थिइन् भने अर्का बंगलादेशी नागरिक मोहम्मद कबिर हुसेन आफुसँगै रहेकी पत्नी सैचद कमरुनाहार स्वर्णा, साथी र उनका छोराको खोजी गरिदिन चिकित्सकलाई हारगुहार गरिहेका थिए।
केएमसीमा साहरिन र मोहम्मदसँगै अन्य १० जनाको उपचार भइरहेको छ र पाँच जना नर्भिक र अन्य केहीको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। उपचारका क्रममा काठमाडौँ मेडिकल कलेजको तदारुकता प्रशंसनीय थियो।
दुई दिन अघि मात्रै वीर अस्पतालको सर्जिकल भवनको शिलन्यासका क्रममा चिकित्सकको बढ्दो लापरवाहीप्रति तिखो कटाक्ष गरेका प्रधानमन्त्री केपी ओली स्वयम् ती घाइते र उपचारको अवस्थाबारे बुझ्न उपस्थित भए। त्यसले घाइते र उनीहरुको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल बढाएको देखिन्थ्यो।
बंगलादेशको ढाकाबाट आएको वम्बार्डियर—८ क्यु ४०० विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा सोमबार करिव दुई बजे दुर्घटनाग्रस्त भएको थियो।

काठमाडौँ मेडिकल कलेजमा उपचाररत कविर हुसैन। तस्बिर: दीपा दाहाल

यो पनि पढ्नुहोस्

त्रिभुवन विमानस्थलमा बंगलादेशबाट आएको विमानमा आगलागी, यात्रु भित्रै

त्रिभुवन विमानस्थलमा बंगलादेशबाट आएको विमानमा आगलागी, यात्रु भित्रै

‘मलाई बचाए तर मेरा साथी जलेर ममाथि नै ढले’

‘मलाई बचाए तर मेरा साथी जलेर ममाथि नै ढले’

३३ नेपालीसहित विमानका ७१ यात्रुको नामावली

३३ नेपालीसहित विमानका ७१ यात्रुको नामावली

प्रियजनको शवको पर्खाइमा हतास अनि मलिन आफन्तहरु

प्रियजनको शवको पर्खाइमा हतास अनि मलिन आफन्तहरु

यस्तो थियो दुर्घटनापछिको उद्धार प्रयास

यस्तो थियो दुर्घटनापछिको उद्धार प्रयास

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?