कोरोना भाइरसका कारण चिन्तित हुनुहुन्छ? यी उपाय अपनाउनुस्!

कोरोना भाइरसका कारण चिन्तित हुनुहुन्छ? यी उपाय अपनाउनुस्!
+
-

विश्वव्यापी महामारीको रुप लिएको नोवेल कोरोना भाइरसको संक्रमणका कारण विश्वभर चार लाख ७१ हजार ८ सय भन्दा बढी कोभिड–१९ बाट संक्रमित भएका छन् । कोभिड–१९ का कारण २१ हजार २९७ जनाको मृत्यु भएको छ ।

नेपालमा पनि तीनजनामा संक्रमण पुष्टि भएको छ । एकजना निको भएर यसअघि नै घर फर्किएका छन् भने दुईजनाको टेकू अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

कोरोना भाइरसको संक्रमणले धेरैमा मनोसामाजिक समस्या देखिन सक्ने भन्दै मनोविमर्शकर्ता तथा मनोविदहरुले सचेत रहन आग्रह गरेका छन् ।

कोरोना भाइरसका बारेमा आइरहेका विभिन्न समाचार तथा बिस्तार भइरहेको संक्रमणका कारण एन्जाइटीसहितका मानोसामाजिक समस्या देखिने जोखिम बढेको हावर्ड मेडिकल स्कूलका साइक्याट्रिस्ट जोन शार्पले बताएका छन् ।

उनले कोरोना भाइरसको संक्रमणको विश्वव्यापी महामारीका बेला हुन सक्ने एन्जाइटी (दुष्चिन्ता) को अवस्थाबाट जोगिनका लागि व्यक्ति आफैले प्रयास गर्न सक्ने बताएका छन् ।

नोवेल कोरोना भाइरसका कारण चिन्ता बढिरहेको भए पनि सकेसम्म सन्तुलित रहन प्रयास गर्ने

आफ्नो एन्जाइटी व्यवस्थापन गर्नका लागि जहिले पनि केही विचार गर्नु पर्छ । चिन्ता बढ्दा शरीरमा के हुन्छ, चिन्ताको स्तर कति छ? केबाट सबैभन्दा बढी डर लाग्छ? र चिन्ताबाट मुक्त हुन के कुराले सहयोग गर्छ ? भन्ने सहितका प्रश्नहरुको उत्तरको खोजी गर्नु पर्छ ।

यी कुरा बढी गर्नु होस्

साथीभाइ तथा प्रियजनसँग बारम्बार सम्पर्कमा हुनुहोस् । यसका लागि भिडियो च्याट, टेलिफोन, टेक्स्टिङ्ग वा इमेल गर्न सकिन्छ । साथीभाइ तथा प्रियजनसँगको सम्पर्कले आत्मबल बढाउँछ । यस्तै पूराना साथीहरुसँग पनि प्रविधिको माध्यमबाट सम्पर्क स्थापित गर्न सकिन्छ ।

स्वास्थ्य सम्बन्धी विश्वसनीय जानकारी दिने सूचना स्रोतलाई पछ्याउनु पर्छ । यसबाट गलत सूचनाको जोखिमबाट जोगिन सकिन्छ ।

यी कुरा कम गर्ने प्रयास गर्नुहोस्

गलत सूचनाहरुबाट पर बस्नु होस् । यदि आफूले सूचना लिइरहेको स्रोत गलत छ जस्तो लाग्यो भने त्यसबाट पर भइहाल्नु पर्छ । विश्वसनीय सूचना स्रोतका लागि साथीभाइको सल्लाह पनि लिन सकिन्छ ।

नोवेल कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि प्रयास गर्नु होस्, यसका लागिः

अनावश्यक यात्रा रद्द गर्ने तथा भिडभाडमा नजाने

हात बारम्बार साबुन पानीले धुने वा अल्कोहलयुक्त सेनिटाइजरले सफा गर्ने

हातले बारम्बार आँखा, मुख तथा नाक नछुने

कोरोना भाइरसको चिन्ताकाबिच शान्त रहन प्रयास गर्ने, त्यसका लागि योगा तथा मेडिटेशन गर्न सकिन्छ । यस्तै लामो स्वास लिने उपाय पनि अपनाउन सकिन्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?