४० करोड जम्मा गर्ने निर्णय गर्दै सुदूरपश्चिम सरकारले खडा गर्याे कोरोना कोमथाम कोष

४० करोड जम्मा गर्ने निर्णय गर्दै सुदूरपश्चिम सरकारले खडा गर्याे कोरोना कोमथाम कोष
+
-

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको जोखिम नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका लागि कोष स्थापना गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको प्रदेशको मन्त्रीपरिषदको बैठकले प्रदेश सरकारले लागि ४० करोडको रकम जम्मा गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिए ।

मन्त्री शाहले सो कोषमा आम सर्वसाधारण तथा संघ संस्थालाई सो कोषमा राहत जम्मा गर्न अपील गर्ने बताए । सेती प्रादेशिक अस्पताललाई कोरोना रोगको उपचारका लागि डेडिकेटेड अस्पतालका रुपमा तोक्ने निर्णय गरेको छ ।

यस्तै प्रदेशका विभिन्न गतिविधिको समन्वय तथा व्यवस्थापन गर्न पनि जिम्मेवारी तोकिएको छ । प्रदेशको शान्ति सुरक्षा तथा सो सँग सम्बन्धित विषयमा आन्तरिक मामिला तथा कानुन मन्त्री, प्रदेशको स्वास्थ्यसँग सम्बन्धित क्रियाकलाप सामाजिक विकास मन्त्री, खाद्यान्न तथा इन्धन आपुर्तिको उद्योग, वन वातावरण तथा पर्यटन मन्त्री, आर्थिक स्रोत तथा व्यवस्थापनको जिम्मेवारी आर्थिक मामिला तथा योजना मन्त्री, क्वारेन्टाइन राखिएका स्थानमा विजुली, पानी, शौचालयको व्यवस्थापन भौतिक पूर्वाधार मन्त्रीले गर्ने निर्णय भएको छ ।

कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापनका लागि प्रदेश तथा स्थानीय तहसंग समन्वय सहकार्य र सहयोग गर्न नीजि अस्पतालहरुलाई अपील गर्ने निर्णय गरेको छ ।

गरिवीको रेखामुनि रहेका र दैनिक मजदूरीमा आश्रय भएका वर्गलाई राहत प्याकेज उपलब्ध गराउने पनि निर्णय भएको छ । राहतका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले संघीय सरकार तथा स्थानीय तहलाई समन्वय गर्ने गरि कार्य अघि बढाउने मन्त्री शाहले बताए ।

कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन मापढण्ड २०७६ लाई कार्यान्वयन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालयबिच समन्वय गर्ने निर्णय भएको छ ।

सेती प्रादेशिक अस्पतालमा कोरोना समेतको परीक्षण गर्ने गरि प्रयोगशालाको व्यवस्थापन गर्ने र डोटी तथा बैतडीमा पनि ल्याव स्थापनाको कार्यलाई अघि बढाउने निर्णय गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?