कोरोनाको त्रास: जानकी मन्दिर सर्वसाधारणका लागि बन्द

कोरोनाको त्रास: जानकी मन्दिर सर्वसाधारणका लागि बन्द
+
-

जनकपुरधाम– विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को त्रास बढ्दै गएपछि जनकपुरधाममा रहेको जानकी मन्दिरको पट सर्वसाधारणका लागि बन्द गरिएकाे छ।

कोरोनाको त्रासका कारण जानकी मन्दिर पहिलो पटक सर्वसाधारणका लागि बन्द गरिएको हो। कोरोनाकाे संक्रमण बढ्न सक्ने खतरालाई ध्यानमा राख्दै मन्दिरमा भीड हुन नदिनका लागि मन्दिरको पट सर्वसाधारणका लागि बन्द गरिएको हो।

सर्वसाधारणका लागि मन्दिर बन्द भएता पनि प्रत्येक दिन बिहान बेलुका हुने पूजा अझै जारी रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए।

मन्दिरको पट सर्व साधारणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशमा बन्द गरिएको हो। सन् १९११ मा स्थापना गरिएको जानकी मन्दिर १ सय ९ वर्षको इतिहासमा पहिलो पटक सर्वसाधारणका लागि बन्द गरिएको हो।

रामनवमी आउन ५ दिन मात्रै बाँकी रहेको समयमा मन्दिर बन्द भएपछि रामनवमी मेलासमेत नलाग्ने भएको छ।

रामनवमीको अवसरमा जनकपुरधामको राम मन्दिर र जानकी मन्दिरमा विशेष पूजा अर्चना गरिन्थ्यो। तर यस पटक कारोनाको संक्रमणको डरले रामनवमीसमेत प्रभावित भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?