
अ
+
अ
अ
-
सिमकोट– हुम्लाको सदरमुकाम सिमकोटमा किटाणुहरु नष्ट गर्नका लागि बजार क्षेत्रमा चुना छर्केर सरसफाई गरिएको छ।
कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न मानिसहरुको भीडभाड हुने क्षेत्रमा किटाणुहरु मार्नका लागि स्थानीय प्रशासनको सहयोगमा चुना छर्ने कार्य गरिएको हो।
कोरोनाको सम्भावित जोखिम कम गर्न फोहोर जम्मा भएको बजार क्षेत्रभरी चुना छर्ने काम गरिएको प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईले बताइन्।
सदरमुकाम सिमकोटको मुख्य बजार क्षेत्र एयरपोर्टदेखि काठेचुलीसम्म करिब पाँच सय मिटर क्षेत्रमा ठाँउमा चुना छरिएको हो।