कोरोनाको असर: चैते दशैँको तयारी भव्य, दर्शनार्थी शून्य (फोटो फिचर)

कोरोनाको असर: चैते दशैँको तयारी भव्य, दर्शनार्थी शून्य (फोटो फिचर)
+
-

जनकपुरधाम– विश्वभरी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) को प्रभाव आर्थिक, सामाजिक, धार्मिक लगायतका क्षेत्रमा पनि परेको छ।

कोरोनाकै कारण जनकपुरधाममा कयौँ चाडपर्वहरु प्रभावित भएका छन्। जनकपरधाममा मनाइने चैते दशैँ, चैते छठ र राम नवमी प्रभावित भएका छन्।

कोरोनाको कारण नेपालभर लकडाउन भए पनि जनकपुरधामस्थित प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा आगामी बुधबारको चैते दशैँको तयारी जारी छ। मन्दिरलाई सिँगारीएको छ। झिलिमिलीले झकिझकाउ बनाइएको छ।

मन्दिरमा सजावट गरिएको छ र प्रत्येक दिन पूजा पनि हुन्छ तर दर्शनका लागि पुग्ने श्रद्धालुहरु भने छैनन्। त्यहाँ पूजारी र पुरोहित मात्रै हुन्छन्।

वर्षौदेखि चलिआएको परम्परा पनि तोड्नु सही नरहेकोले पूजाको आयोजना गरिएको राजदेवी मन्दिरका महन्थ राम गिरीले बताए।

उनले महामारीको समयमा श्रद्धालुहरु दर्शनका लागि नआए पनि पूजा श्रद्धा भक्तिपूर्वक गरिरहेको बताए।

गंगासागर पोखरीको डीलको उत्तर दक्षिण कुनामा समेत चैते दशैँको आयोजना गरिएको छ। त्यहाँ पनि दर्शनार्थीहरु भने पुगेको देखिएको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?