
जनकपुरधाम – जनकपुरधामसहित मिथिलाञ्चलभरी आज चैते छठ मनाइँदैछ । निष्ठापुर्र्वक मनाइने छठ पर्व यस पटक भने कोरोना भाइसको प्रकोपका कारण प्रभावित भएको छ ।
जनकपुरधामको छैठ नेपालमै प्रसिद्ध रहेपनि यस पटक कोरोना भाइरस (कोभिड १९) को कारण पोखरी तथा कुनै सार्वजनिक ठाउँमा मनाउनमा रोक लगाइएको छ ।
विश्वभरी कोरोना महामारीको रुपमा फैलिँदै गएपछि सरकारले लकडाउन गरेको कारण यस पटक ब्रतीहरु आ–आफ्नो घरमै छठ पर्व मनाउँदैछन् । तर ग्रामीण क्षेत्रमा भने लकडाउन भएतापनि पोखरीमै मनाउनको लागि स्थानीयहरुले पोखरीको सरसफाई गरेका छन् ।
स्थानीय प्रशासनद्वारा रोक लगाइएपछि यस पटक जनकपुरधाममा सबैजना आ–आफ्नो घरमै छठ पर्व मनाउँदैछन् । चार दिन सम्म मनाइने छठ पर्वको आज तेस्रो दिन डुब्दै गरेको सूर्यलाई अर्घ दिँदै मनाईन्छ ।