फाेटो फिचर

लकडाउनमा पनि रोकिएको छैन पूजाआजा (तस्बिरहरु)

लकडाउनमा पनि रोकिएको छैन पूजाआजा (तस्बिरहरु)
+
-

लकडाउनका कारण देशभर अधिकांश गतिविधि ठप्प प्राय छन् । शहर सुनसान छन् । मानिसहरु प्राय घरमै बसेका छन् । अत्यावश्यक बाहेकका सेवाहरु पनि बन्द भएका छन् । लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले पक्राउ गरिरहेको छ ।

विश्वव्यापी महमारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएपछि संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन गरेको हो । लकडाउनको प्रभाव अधिकांश क्षेत्रमा परे पनि पूजाआज गर्नेहरु भने मन्दिर क्षेत्रमा बिहानै देखिन्छन् ।

विशेष गरी पाको उमेरका महिलाहरु बिहान पूजा सामग्रीसहित मन्दिर पुगेका भेन्छिन् । लकडाउनको दोस्रो हप्ता अर्थात आठौँ दिन मंगबारको बिहानै काठमाडौँ मैतीदेवी मन्दिर क्षेत्रमा पूजा गर्नेहरु पुगेका थिए ।

सामान्य अवस्थामा भन्दा मन्दिर पूजाका लागि पुग्नेहरु भने निकै कम थिए । मन्दिरको मुल ढोका बन्द छ । तर उनीहरु बाहिरी क्षेत्रमा रहेका विभिन्न देवदेवीका मूर्तिहरुमा पूजा गरेर दैनिकी सुरु गरेका देखिन्छन् ।

पूजाका लागि मन्दिर पुग्नेहरु अधिकांश मास्क लगाएर आफूलाई संक्रमणबाट जोगाउने प्रयासमा भने छन् ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले मंगलबार बिहानै लकडाउनका बाबजुद भगवानको आराधनाका लागि मन्दिर पुगेका श्रद्धालुहरुका केही तस्बिर खिचेकी छन् ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लकडाउन गरिएको आठौँ दिन मंगलबार (चैत १८ गते) बिहान मैतीदेवी मन्दिरमा मास्क लगाएर पूजाका लागि पुगेकी श्रद्धालु । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?