लडाउनकाबीच हुम्लामा खाद्यान्‍न ढुवानी सुरु

लडाउनकाबीच हुम्लामा खाद्यान्‍न ढुवानी सुरु
+
-

सिमकोट-सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि हवाई मार्गबाट खाद्यान्न ढुवानी गर्ने कार्य लडाउनकाबीच सुरु भएको छ।

जिल्लाबासीको खाद्यान्न आपूर्ति गर्नुपर्ने मागलाई ध्यान दिदै सरकारले बुधबार दिउसोबाट नेपालगंज र सुर्खेतबाट खाद्यान्‍न ढुवानी सुरु गरेको हो।

हवाई मार्गबाट खाद्यान्न ढुवानी सुरु भएको बताउदै प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईल केही दिन अघि लकडाउनका कारण जिल्लामा खाद्यान्न ढुवानी हुने कार्य रोकिएदा खाद्यन्न समस्या हुने देखिएपछि चालू आर्थिक बर्षको खाद्यान्न ढुवानीको ब्यबस्था गर्न नेपाल खाद्यान्न ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडलाई पत्राचार गरिएको र त्यसै अनुसार सरकारले खाद्यान्न ढुवानी कार्य सुरु गरेको बताईन्।

हाललाई सीता एयरले चालु आर्थिक बर्षको निर्धारित कोटा मध्यको बाँकी दुई हजार क्वीन्टल नेपालगंज र सुर्खेतबाट ढुवानी गर्नेछ । लकडाउनले हवाई यातयात बन्द हुदा खाद्यान्न समस्या हुने देखिए पछि हुम्लाबासी निरास भएको बेला सरकारले सो समस्यालाई ध्यानमा राखि खाद्यान्न ढुवानीको ब्यबस्था गर्दा जनतामा आशा पलाएको छ।

सीता एयरका सिमकोट स्टेसनका इन्चार्ज छपाल लामालका अनुसार यो अबधिमा नेपालगंज र सुर्खेतमा रहेको लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न तथा जुम्लामा रहेको नुनलाई सीता एयरले ढुवानी गर्नेछ।

खाद्यान्न ढुवानीका लागि बुधबार सीताका दुई वटा जहाज काठमाडौंबाट नेपालगंज आएका थिए। अहिले संस्थानको गोदाममा दुई हजार दुई पाँच सय क्वीन्टल खाद्यान्न मौज्दात भएपनि त्यो खाद्यान्न एक पटक बितरण गर्दा सकिने अबस्था थियो।

उक्त खाद्यान्नलाई भैपरी आउनेका लागि पनि संचित गर्नु आवश्यक रहेको अवस्था खाद्यान्न ढुवानी सुरु भएपछि सहज भएको छ। प्रजिअ भट्टराईले खाद्यान्न मौज्दात कम भएपछि बिगत एक महिनादेखि सर्बसाधारणलाई चीट दिन छोडेको बताइन्। बुधबार मात्र सीताले आधा दर्जन उडान भर्नेछ । जहाजहरुले एक फ्लाईटमा चौध देखि सोह्र क्वन्टिल खाद्यान्न बोक्ने गर्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?