हुम्लाको स्वास्थ्य कार्यालयमा औषधि छ, जनशक्ति छैन

हुम्लाको स्वास्थ्य कार्यालयमा औषधि छ, जनशक्ति छैन
+
-

सिमकोट-स्वास्थ्य सेवा कार्यालयमा अहिलको संक्रमणका बेला औषधिको मौज्दातको अवस्था सन्तोसजनक भएपनि आबश्यक जनशक्तिको भने अभाब भएको छ।

हाललाई पहिलेकै स्टक औषधिले धान्ने अबस्था रहेको बेला सात जना चिकीत्सक हुनु पर्ने अस्पतालमा हाल तीन जना मात्र चिकीत्सकहरु कार्यरत हुदा जनशक्तिको कमी भएको हो।

स्वास्थ्य सेवा कार्यालयका चिकीत्सक डाक्टर अमित बिष्टका अनुसार अहिलेको त्रासका बेला ओपिडी सेवा बन्द गरिएको र इमरजेन्सी सेवा खुला हुदा आउने बिरामीहरुको उपचार भै रहेको छ।

लकडाउन यता अस्पतालका बेडमा कुनै पनि अन्य किसिमका बिरामीहरु भर्ना भएका छैनन्। अलिअलि बिमार भएका बिरामहिरु अस्पतालमा आउने गरेका छैनन्। अर्को अस्पतालले बिरामीलाई उपचार हुन नसक्ने भनेर फिर्ता पनि गरेको छैन। तर दैनिक इमरजेन्सीका बिरामीहरु भने थोरै संख्यामा आउने गरेका छन्।

कार्यालयमा भएका सबै चिकीत्सक र अन्य स्वास्थ्यकर्मीहरु तयारी अबस्थामा रहदै आएका छन्। डाक्टर विष्टले औषधि भने आबश्यक अहिलेको संक्रमणका बेला पुग्ने किसिमले मौज्दात रहेको र नयाँ पच्चीस लाखको औषधि खरिद भएर पनि लकडाउनकै कारण ढुवानी हुन नसकेको बताए। यद्यपि पन्द्य्र शैय्या अस्पतालमा हुनु पर्ने नर्सिङ्ग स्टाप र चिकीत्सकहरुको भने कमी रहेको छ।

हुम्ला जिल्ला अस्पतालका लागि सात जना चिकित्सक हुनु पर्ने हो तर हाल तीन जना मात्र करारमा चिकित्सकहरु भर्ना भएका छन्। त्यसमा पनि एक जना तीन महिना लामो तालिममा जिल्ला बाहिर गएर अहिले फर्कने बेला लकडाउनमा परेका छन्। दरबन्दीका चिकित्सक जिल्लामा छैनन्।

स्वास्थ्य सेवा कार्यालय मेडिकल अफिसरको जिम्मामा हुनु पर्नेमा दरबन्दी अनुसार चिकत्सिक नहुदा जनस्वास्थ्य शाखाका कर्मचारीले निमित्त कार्यालय प्रमुखका रुपमा जिम्मेवारी सम्हालेका छन्।

हुम्ला जिल्लामा २७ वटा स्वास्थ्य चौकीहरु रहेको र स्वास्थ्यकर्मीहरु आवश्यक मात्रामा भएपनि अधिकांशमा स्वास्थ्य चौकीहरुमा औषधिको अभाब रहेको गाउँपालिकाहरुले जनाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?