ट्रम्पले फोन गरेपछि पुटिनले अमेरिकालाई ६० टन मेडिकल सामग्री पठाए

ट्रम्पले फोन गरेपछि पुटिनले अमेरिकालाई ६० टन मेडिकल सामग्री पठाए
+
-

रुसले कोरोना भाइरसको महामारीसँग जुधिरहेको अमेरिकालाई ६० टन मेडिकल सामग्री पठाएको छ।

त्यसअघि ट्रम्प र पुटिनबीच भएको टेलिफोन वार्तामा रुसी राष्ट्रपतिले अमेरिकी समकक्षीलाई मेडिकल सामग्री सहयोगको अफर गरेका थिए। रुसले पठाएको मेडिकल सामग्री बोकेको विमान अमेरिकाको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन्।

यो सहयोगलाई लिएर दुई देशका अधिकारीले आफ्ना देशका कार्यकारी प्रमुखको आलोचना गरेको जनाइएको छ। अमेरिकी अधिकारीले पुटिनको सहयोग पछाडिको कारणलाई लिएर आलोचना गरेका छन् भने रुसी अधिकारीले देशभित्र कोरोनाको संकट आईरहँदा पुटिनले अन्तर्राष्ट्रिय सहयोगमा चासो देखाएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन्।

रुसले पठाएको कार्गो विमानमा भेन्टिलेटर, मास्क, पीपिईलगायत सामग्री रहेको जनाइएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी सहयोगप्रति आभार प्रकट गरेका छन्। उनले भनेका छन्- रुसले धेरै धेरै ठुलठुला सामग्री, मेडिकल उपकरण लगायतले भरिएको प्लेन पठाएको छ जुन निकै राम्रो हो।

अमेरिकामा बिहिबार रातीसम्म कोरोना भाइरसका कारण पाँच हजार ७ सय ८० जनाले ज्यान गुमाएका छन् भने २ लाख ३६ हजारभन्दा बढी संक्रमित छन्।

यता रुसमा ३ हजार पाँच सयभन्दा बढी संक्रमित छन्। यहाँ ३० जनाले ज्यान गुमाएका छन् हालसम्म।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?