कैलालीमा ‘लकडाउन’मा थप कडाई, खद्यान्न लगायतका पसल बिहान ३ घण्टा मात्रै खुल्ने

कैलालीमा ‘लकडाउन’मा थप कडाई, खद्यान्न लगायतका पसल बिहान ३ घण्टा मात्रै खुल्ने
+
-

धनगढी– कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा स्थानीय प्रशासनले शुक्रबारदेखि लकडाउनमा थप कडाइ गरेको छ ।

मोटरसाइकल चलाउनमा रोक लगाएको स्थानीय प्रशासनले लक डाउन शुरु भएयता झण्डै ८ सय मोटरसाइकल नियन्त्रणमा लिइसकेको छ। गाडीका पासहरु खारेज गरिसकेको प्रशासनले स्थानीय सरकार र व्यवसायीहरुसँगको छलफलपछि आजदेखि खाद्यान्न, तरकारी, माछामासु, दुध लगायतका पसलहरु समेत बन्द गर्ने निर्णय गरेको छ।

यस निर्णयसँगै भोलि अर्थात चैत २२ गतेदेखि लागु हुने गरी अत्याआवश्यक तरकारी, खाद्यान्न र दुधजन्य पसल बिहान ६ देखि ९ बजेसम्म ३ घण्टाका लागि खोल्ने निर्णय गरेको छ। यसरी बिहान खोलेका पसलहरुमा पनि ३ फिट दूरी कायम गरी सामान खरीद गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ।

सामान खरीदका लागि साँझ बजारमा मान्छेहरु निस्किने क्रम बढेकोले पसलहरु पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले बताए।

‘लकडाउनको अर्थ जो जहाँ छ, त्यस्तै अवस्थामा बस्ने भन्ने हो। यहाँ त साँझपख मान्छेहरु सडकमा निस्किएर जोखिम बढाउन थाले’, मेयर वडले भने,  ‘दिनभरी घरभित्र बसेर साँझ सडकमा निस्किने हो भने लकडाउनको के औचित्य भयो।’

मेयर वडले कोरोनाको संक्रमणबाट जोगिन लकडाउनलाई प्रभावकारी बनाउनु बाहेक कुनै उपाय नरहेकोले अत्यावश्यकीय पसलहरु पनि बन्द गर्ने निर्णयमा पुगेको बताए।

केही न केही बहाना बनाएर मान्छेहरु बाहिर निस्किने क्रम रोकिएन। खल्तीमा दुई ट्याब्लेट हालेर अस्पताल गएको भन्नेहरु पनि भेटिए। अब औषधि पसलमा पनि सर्वसाधारणलाई आउन रोक लगाउँदै छौँ’, मेयर वडले भने, ‘कसैलाई औषधि आवश्यक परे घरमै उपलब्ध गराउने व्यवस्था गर्छौँ। तर घर बाहिर निस्किन दिदैनौँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?