प्रदेशस्तरीय सूचना संकलन गर्न प्रदेश ५ मा मोबाइल एप

प्रदेशस्तरीय सूचना संकलन गर्न प्रदेश ५ मा मोबाइल एप
+
-

बुटवल– कोरोना भाइरस (कोभिड–१९)काे प्रदेशस्तरीय सूचना संकलन गर्न प्रदेश–५ ले मोबाइल एप बनाएर सञ्चालनमा ल्याएको छ।

‘कोभिड १९ ट्य्राकिङ इन्फर्मेशन सिस्टम’ नामको एप इन्ड्रोइड फोनको प्लेस्टोर र एप्पलको एप स्टोर दुवैमा उपलब्ध रहेको प्रदेश नम्बर ५ मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। यो एप cm.p5.gov.np बाट पनि डाउनलोड हुने कार्यालयले जनाएको छ।

यो एपले कोरोनाको लक्षण देखिएका शंकास्पद बिरामीको विवरण र लोकेसन संकलन गर्नेछ। जसले गर्दा बिरामी पहिचान गरी नमूना परीक्षण गर्न सहज हुने कार्यालयले जनाएको छ।

विदेशबाट आएर क्वारेन्टाइनमा नबस्ने र टोल छिमेकमा कोरोनाको शंकास्पद लक्षण देखिएका व्यक्तिहरुको विवरण अन्य व्यक्तिले पनि एपमार्फत टिपाउन सक्नेछन्। जसले गर्दा उनीहरुलाई निगरानी गर्न सहयोग पुग्ने मुख्यमन्त्रीको कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

आफू र टोल छिमेकका कसैमा कोरोना भाइरस सम्बन्धी लक्षण देखिए एपमार्फत जानकारी गराउन पनि प्रदेश सरकारले आह्वान गरेको छ।

त्यसरी पठाइने विवरणहरु गोप्य रहने मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए। उनका अनुसार एपमार्फत कोरोनासँग सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचनासमेत प्राप्त गर्न सकिनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?