
लास भेगास – घरबिहिनलाई आश्रय दिइरहेको एक सेल्टरमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँ रहेका पाँच सय जनाभन्दा बढीलाई पार्किङमा सुत्ने व्यवस्था गरिएको छ।
क्याथोलिक च्यारिटिजले सन्चालन गर्दै आएको होमलेस सेल्टरमा एक जनालाई कोरोना भाइरसको संक्रमण देखिएपछि उक्त सेल्टरलाई तत्कालै बन्द गरि त्यहाँ रहेका बाँकीलाई क्यासम्यान सेन्टरको पार्किङमा राख्ने व्यवस्था गरिएको छ।
सभा सम्मेलन र बेसबल रंगशालाको पार्किङका रुपमा प्रयोग हुँदै आएको क्यासम्यान सेन्टरको पार्किङमा रातारात घरबिहिनलाई राख्ने व्यवस्था गरिएको हो। एक जनाका लागि ६ फिटको ठाउँ बनाइएको छ।