
सिमकोट – वल्र्डलिंक कम्युनिकेशन प्रालिले सिमकोटमा रहेको क्वारेन्टाइनमा इन्टरनेट सेवा जडान गरेको छ । क्वारेन्टाइनमा बसेकाहरुलाई इन्टरनेट चलाउन र समय बिताउन सहज होस् भन्ने उदेश्यले इन्टरनेट सेवा जडान गरिएको हो ।
वल्र्डलिंकको क्षेत्रीय कार्यालयसँगको समन्वयमा एक लाईन इन्टरनेट सेवा निशुल्क जडान गरिएको वल्र्डलिंक प्रालि सिमकोटका प्रमुख रामजन रावतले बताए ।
निशुल्क रुपमा जडान गरिएको इन्टरनेट सेवाले क्वारेन्टाइनमा बसेकाहरुलाई सूचना तथा जानकारी लिन सहज हुनेछ । साथै फेसबुक, भाइबर, म्यासेन्जर चलाउन र अन्य मनोरन्जन तथा जानकारी मुलक समाचार लिन सहज हुने रावतले बताए ।
हाल उक्त क्वारेन्टाइनमा १२ जना रहेका छन् । प्रालिले क्वारेन्टाइन संचालन हुँदासम्म इन्टरनेट सेवा निशुल्क रुपमा उपलब्ध गराउने जनाएको छ ।
यस अघि सिमकोट गाउँपालिकाले वाइ म्याक्स सेवा जडान गरेर क्वारेन्टाइनमा बसेकाहरुलाई इन्टरनेट सेवा प्रदा गरेको थियो । हाल सो सेवा पनि सञ्चालमा रहेको छ ।