थामिएन मिस इंग्ल्याण्डको मन, फर्किइन् चिकित्सा पेशामा

थामिएन मिस इंग्ल्याण्डको मन, फर्किइन् चिकित्सा पेशामा
+
-

लन्डन – कोरोना भाइरसको महामारीले पुरा विश्व थलिरहेका बेला मिस इंग्ल्याण्ड भाषा मुखर्जी आफूले बीचमा छाडेको चिकित्सा पेशामा फर्किने भएकी छन्।

जुनियर चिकित्सकका रुपमा काम गरिरहेका बेला उनले यो फिल्ड चटक्कै छाडेकी थिइन् जब मिस इङ्ल्यान्डमा भाग लिएर फेसन क्षेत्रमा प्रवेश गरिन्। भाषाले सन् २०१९ मा मिस इङ्ल्यान्डको ताज पहिरिएर मिस वर्ल्डमा राष्ट्रको प्रतिनिधित्व गरेकी थिइन्।

हाल च्यारिटी कामका लागि विदेशमा रहेकी मुखर्जी १४ दिन सेल्फ क्वारेन्टाइनमा बसेर काममा फर्किने जनाइएको छ।

आगामी अगस्टसम्म  एम्बासडरका रुपमा विभिन्न च्यारिटीको काममा व्यस्त भएर त्यसपछि मात्र चिकित्सा पेशामा फर्कने भाषाको योजना रहे पनि कोरोना भाइरसको महामारीपछि उनी चाँडै विरामीको उपचारमा आउन लागेकी हुन्।

मार्चको सुरुवातमा भाषा चार साता लामो भारत भ्रमणमा निस्किएकी थिइन् जहाँ एक संस्थाले एम्बासडर बनाएबापत उनी विभिन्न समाज सेवामुलक काममा सहभागी हुनुपर्ने थियो।

इङ्ल्यान्डमा कोरोना भाइरसको प्रकोप बढिरहेका बेला भाषाले काम गरेको पूर्वी इङ्ल्यान्डको पिलग्रिम अस्पतालका पूर्व सहकर्मीले उनलाई काम गर्न निकै गाह्रो भइरहेको सुनाएका थिए। त्यसपछि भाषाले अस्पताल व्यवस्थापनसँग कुरा गरि आफू काम गर्न इच्छुक रहेको बताएकी थिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?