
अ
+
अ
अ
-
सिमकोट – हुम्ला जिल्ला कारागारमा रहेका कैदी बन्दीहरुसँग आफन्तको भेटघाटमा रोक लगाइएको छ । कोरोना संक्रमणको त्रासले गर्दा कैदीबन्दीहरुसँगको भेटघाट बन्द गरिएको कारागार प्रशासनले जनाएको छ ।
हुम्ला कारागारका निमित्त जेलर डबले रावतले कोरोना संक्रमणको त्रासका कारण अन्य कुनै पनि व्यक्तिहरुसँगको भेटघाटमा हाललाइ रोक लगाइएको बताए ।
कारगारको आफ्नै भवन नभएको कारण पाँच जना कैदी बन्दीहरु जिल्ला प्रहरी कार्यालको हिरासत कक्षमा नै बस्दै आएका छन् ।