सुदूरपश्चिममा स्वास्थ्यकर्मीका लागि १५ लाखको बीमा

सुदूरपश्चिममा स्वास्थ्यकर्मीका लागि १५ लाखको बीमा
+
-

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई १५ लाख रुपैयाँ बराबरको बीमा गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले ल्याएको स्वास्थ्यकर्मीको बीमा योजनामा प्रदेशका तर्फबाट १५ लाख उपलब्ध गराउने निर्णय गरेको हो।

आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले स्वास्थ्यकर्मीका लागि संघीय सरकारले गर्ने बीमामा प्रदेश सरकारले थप १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको बताए।

यसै गरी बिहीबार बसेको मन्त्री परिषदको बैठकले अति विपन्न, असहाय र ज्यालादारी मजदुरका परिवारका लागि हरेक परिवारलाई ३ हजार उपलब्ध गराउने गरी १६ करोड बजेट छुट्याएको छ।

जुन राहत रकम स्थानीय तहमार्फत परिचालन हुने प्रवक्ता शाहले बताए। उनका अनुसार प्रदेशका सबै जिल्ला अस्पतालका लागि २० वटा भेन्टिलेटर खरिद गर्ने, ९ वटै जिल्ला प्रसासन कार्यालयलाई ५ लाख र नेपाली सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरीको लागि १५ लाखका दरले व्यवस्थापनको लागि रकम उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता शाहले बताए।

मन्त्रिपरिषदको बैठकले प्रदेशमा फागुन मसान्तसम्म तिर्नुपर्ने कर र दस्तुरको अवधि वैशाख मसान्तसम्म थप गर्ने निर्णय समेत गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?