
सिमकोट – हुम्लाको सर्केगार्ड गाउँपालिकाले कोरोना विरुद्धको उद्धार कोषमा एक करोड एक लाख रुपैयाँ जम्मा गर्ने भएको छ ।
संभावित कोरोना संक्रमणविरुद्ध लड्नका लागि आवश्यक पूर्व तयारीका लागि उक्त रकम कोषमा जम्मा गर्न लागिएको गाउँपालिकाका प्रवक्ता कुशुम कार्कीले बताए ।
यस अघि पाँच लाख मात्र बजेट उद्धार कोषका लागि विनियोजित गरिएकोमा अपुग हुने भन्दे करोड बढी रकम छुट्याइएको प्रवक्ता कार्कीले बताए।
प्रवक्ता कार्कीका अनुसार उक्त रकम आठवटै वडामा ४० वार्डको क्वारेन्टाइन र पालिकामा दश वार्डको क्यारेन्टाइन निर्माण गर्न तथा पाँच स्थानमा हेल्थ डेस्क स्थापना र कोरोना विरुद्धका उपकरण तथा औषधी खरिदमा खर्च गरिने छ ।