
अ
+
अ
अ
-
सिमकोट – लकडाउनकाबीच हुम्ला सदरकुकाम सिमकोट बजारको फोहोर उठ्न सकेको छैन । सिमकोट गाउँपालिकामा ट्याक्टरमार्फत फोहोर उठाउने व्यवस्था गरिएको भए पनि लकडाउन भए यता फोहोर उठ्न नसकेको हो ।
बजारमा जम्मा भएको फोहोर नउठेपछि दुर्गन्ध बढेको छ । अहिले बजारका विभिन्न चोकमा फोहोर थुप्रिएको छ । काठेचुली, बालमन्दिर, काली, लोकतन्त्र र एयरपोर्ट चोकमा फोहोर जम्मा भएको छ ।
स्थानीय नन्द कुमार सिंहका अनुसार ठाउँ ठाउँमा फोहोर थुप्रिँदा दुगन्र्ध बढेको छ । सिमकोट गाउँ कार्यपालिकाका सदस्य कृष्ण बहादुर बोहराले फोहोर उठाउनका लागि आफूले पहल गर्ने बताए ।