
नयाँ दिल्ली – लकडाउनका कारण भारतको पवित्र धार्मिक स्थल हरिद्धारमा गंगाको पानी पिउन मिल्ने भएको छ।
लकडाउनका कारण प्रदुषण कम भएपछि गंगाको पानी पिउन योग्य भएको हो। यसअघि नयाँ दिल्लीमा यमुना नदीको पानी पनि शुद्ध हुँदै गएको समाचारहरु बाहिर आएको थियो।
वातावरण विज्ञ तथा पूर्व प्राध्यापक बीडि जोशीले हरिद्धार र रिषिकेशमा अब गंगाको पानी पिउने मिल्नेस्तरमा पुगेको बताएका छन्। गंगामा ५ सय प्रतिशत प्रदुषण कम भएको बताइएको छ।
औधोगिक प्रदुषण नहुनु तथा होटल, लज र धर्मशालाबाट निस्कने फोहोर मिसिन नपाएका कारण प्रदुषण निकै कम भएको जनाइएको छ।