
सिमकोट – हुम्लाको नाम्खा गाउँपालिकामा कोरोना भाइरसको परीक्षण गरिएको १७ जनाकै रिपोर्ट नेगेटिभ आएको छ।
भारतबाट फर्केका र देशका अन्यत्र भागबाट आई जिल्लाका विभिन्न क्वारेन्टाइमा रहेकाहरुको आरडिटी किटबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताए ।
क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिको पनि परीक्षण गर्ने तयारी भइरहेको छ । नाम्खा गाउँपालिकामा ३४ जना भारतबाट फर्केका व्यक्ति छन् ।