
अ
+
अ
अ
-
सिमकोट – सिमकोट कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ आएका हुम्लाका १३ जना घर फर्केका छन् । क्यारेन्टाइन अवधि पूरा भएपछि उनीहरुलाई चिकित्सकको सल्लाहमा घर फिर्ता पठाइएको हो ।
सिमकोट स्थित रानीवनमा रहेको क्वारेन्टाइनमा रहेका १३ जना सोमबार घर फर्केका क्वारेन्टाइनका सूचना अधिकारी प्रजित बोहराले बताए।
क्वारेनटाइनबाट घर फर्कनेमा सिमकोट गाउँपालिका वडा नम्बर ३, ५ र ७ का बासिन्दा रहेका छन् ।
उनीहरु सबै काठमाडौँ र नेपालगञ्जबाट हुम्ला फर्केका थिए ।