धनगढी-सेती प्रादेशिक अस्पतालले दिँदै आएको प्रसूति सेवा बन्द गरिएको छ। अस्पतालले आज एक सूचना जारी गरी बुधबारदेखि अनिश्चितकालका लागि प्रसूति सेवा बन्द गरेको जानकारी दिएको हो।
प्रदेश सरकारले सेती अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गरिसकेको र संक्रमितको उपचारका लागि थप शैय्या आवश्यक रहेकाले प्रसूति सेवा बन्द गरिएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ।
यो अवधिमा आमा सुरक्षा कार्यक्रम लागु भएको धनगढीकै नवजिवन अस्पतालबाट सेवा लिन समेत आग्रह गरिएको छ।
हाल सेती अस्पतालमा ५ जना कोरोना संक्रमित उपचाररत रहेका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































