स्याङ्जामा ५५१ को कोरोना परीक्षण, सबै नेगेटिभ

स्याङ्जामा ५५१ को कोरोना परीक्षण, सबै नेगेटिभ
+
-

वालिङ-स्याङ्जामा बिहीबार साँझसम्म गरिएको कोरोना परीक्षणमा सबै रिपोर्ट नेगेटिभ देखिएको छ। पीसीआर र आरडिटि दुवै प्रविधिबाट गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए।

जिल्लामा विदेशबाट फर्किइ क्वारेन्टाइनमा रहेका ९८ को पिसिआर र ४५३ को आरडिटी प्रविधि गरी कूल ५५१ को परीक्षण गरिएको थियो । ११ स्थानीय तह रहेको जिल्लामा हालसम्म पिसिआर प्रविधिबाट वालिङ १३, पुतलीबजार २, गल्याङ ११,चापाकोट नगरपालिकामा १९, आँधीखोला १८, फेदीखोला १५, कालीगण्डकीगाउँपालिकामा २० गरी कूल ९८ जनाको कोरोना परीक्षण गरिएको हो।

त्यस्तैगरी आरडिटी प्रविधिबाट जिल्लाको वालिङ ८४, पुतलीबजार ४०, गल्याङ ४२, चापाकोट ७७, भीरकोट नगरपालिकामा ४०, आँधीखोला १४, फेदीखोला ३३, अर्जुनचौपारी ५१, विरुवा २८, हरिनास गाउँपालिकामा ४४ को कोरोना परीक्षणमा सबै ४५३ जनाको रिपोर्ट नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय प्रमुख शर्माले बताए।

गत चैत २८ गतेबाट जिल्लामा थालिएको आरडिटी प्रविधिबाट जिल्लाको कालीगण्डकी गाउँपालिका बाहेकका अन्य १० वटा पालिकामा कोरोनाको परीक्षण गरिएको छ।

सबै पालिकामा गरी पुरुष ५५६ जना र महिला ४५ जना गरी कूल ६०१ जना विदेशबाट आएकाको जनाइएको छ ।
बिहीबारसम्म जिल्लाका सबै पालिकाका विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालमा पुरुष ३५ हजार ६३१ र महिला १४ हजार ७०१ गरी कूल ५० हजार ३३२ जनाको ज्वरो परीक्षण गरिएको उनले जानकारी दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?