
सिमकोट – नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बन्दाबन्दीका बिच दश प्रतिशत सस्तो मूल्यमा खाद्यान्न बिक्री वितरण गरेको छ । नेपाल सरकार मन्त्रीपरिषदको गत चैत १६ गते गरेको निर्णय अनुसार खाद्यान्न मूल्यमा छुटको व्यवस्था गरिएको हो ।
लिमिटेडका हुम्ला शाखाका प्रमुख राम बहादुर बिष्टले सबै प्रकारका खाद्यान्नमा दश प्रतिशत छुट दिने निर्णय अनुसार हुम्लाका गोदाम, डिपो र बिक्री केन्द्रबाट खाद्यान्न बिक्री भै रहेको छ ।
सिमकोट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष कृष्णबहादुर रोकायाले छुट मूल्य अनुसार सिमकोट गाउँपालिका वडा नम्बर ५ ले ८३ क्वीन्टल खाद्यान्न वडाका लागि खरिद गरेर वितरण गरेको बताए ।