अमेरिकामा संक्रमणदर झण्डै २० प्रतिशत, लकडाउन खोल्न परीक्षण तीन गुणा बढाउनु पर्ने विज्ञको सुझाव

अमेरिकामा संक्रमणदर झण्डै २० प्रतिशत, लकडाउन खोल्न परीक्षण तीन गुणा बढाउनु पर्ने विज्ञको सुझाव
+
-

कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा लकडाउन खुकुलो पार्न थालिएको छ।

लकडाउनको विरोधमा प्रदर्शन भइरहेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले ती प्रदर्शनकारीले समर्थन गरिरहेका छन् । उनले पर्याप्त परीक्षण पनि भइरहेको बताएका छन् ।

तर अमेरिकामा लागु सामाजिक तथा भौतिक दूरी कायम गर्ने सम्बन्धी नियम अर्थात लकडाउन खुलाउन र सार्वजनिक गतिविधि खुलाइ रहनका लागि कोरोना भाइरसको संक्रमण रहे नरहेको थाहा पाउनका लागि हुने परीक्षण अहिले भइरहेको भन्दा तीन गुणाले बढाउनु पर्ने विज्ञले बताएका छन् ।

हार्वर्ड विश्वविद्यालयका तीन अनुसन्धानकर्ताले यसका लागि दैनिक कम्तिमा पाँच लाख मानिसको परीक्षण गरिनु पर्ने बताएका हुन् । हाल अमेरिकामा दैनिक डेढ लाखको हाराहारीमा परीक्षण हुँदै आएको छ । यसरी हुँदै आएका परीक्षणमा २० प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको छ ।

संक्रमित को छ र उसबाट संक्रमण फैलिने जोखिम कम गर्नका लागि परीक्षण बढाउनु पर्ने विज्ञले बताएका हुन् । अहिले अमेरिकामा भइरहेको परीक्षणमा संक्रमण पुष्टि हुने दर अति उच्च रहेको र यो निकै जोखिमपूर्ण रहेको विज्ञको भनाई छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले परीक्षण गरिएका मध्ये संक्रमण पोजेटिभ आउने दर तीनदेखि १२ प्रतिशतको बिचमा रहनु पर्ने उल्लेख गरेको छ । तर अमेरिकामा अहिले पनि संक्रमण पुष्टि हुने दर झण्डै २० प्रतिशत रहेको छ ।

आउँदो मे १ सम्म परीक्षण गरिएका मध्ये १० प्रतिशतमा मात्रै संक्रमण पुष्टि हुने अवस्था आउनका लागि परीक्षण दरलाई तीव्र गतिमा बढाउनु पर्ने अनुसन्धानमा उल्लेख छ । त्यसका लागि हरेक दिन झण्डै पाँच लाख ८० हजार मानिसको परीक्षण गरिनु पर्ने अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

हार्वर्ड ग्लोबल हेल्थ इन्स्टिच्युडका फ्याकल्टी डिरेक्टर डा. आशिश झा, सर्जन तथा हार्वर्डका अनुसन्धानकर्ता डा. थोमस साइ र हार्वर्ड ग्लोबल हेल्थ इन्स्टिच्यूडका रिसर्च एसिस्टेन्ड बेन्जामिन ज्याकोब्सनले अनुसन्धान गरेका हुन् ।

अनुसन्धानकर्ताले यस्तो चेतावनी दिए पनि अमेरिकामा सार्वजनिक स्थल खुला गर्ने क्रम सुरु भइसकेको छ । स्थानीय समय अनुसार शुक्रबार बेलुकादेखि नै फ्लोडिराको ज्याक्सन भिला समुद्री किनार खुल्ला गरिएको छ । मानिसहरु त्यहाँ ठूलो संख्यामा गएको देखिएको छ ।

जोन हप्किन्स विश्व विद्यालयका अनुसार अमेरिकामा अहिलेसम्म कोभिड–१९ बाट ३८ हजार ६६४ जनाको ज्यान गएको छ । यस्तै संक्रमितको संख्या सात लाख ३२ हजार भन्दा बढी रहेको छ । अहिलेसम्म अमेरिकामा ३६ लाख ९० हजार भन्दा बढीको परीक्षण भएको छ ।

विश्वभर हालसम्म झण्डै एक लाख ६० हजारको कोरोना भाइरसका कारण निधन भएको छ भने संक्रमितको संख्या २३ लाख भन्दा बढी पुगेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?