
सिमकोट – भारत र देशका अन्य भागबाट फर्केर हुम्ला दश जनाको कोरोना भाइरस संक्रमणको परीक्षण नेगेटिभ आएको छ । गाउँ गाउँमा सेल्फ क्वारेन्टाईनमा रहेका उनीहरुको आरडिटी किटबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।
सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा दश जनाको आरडिटी किटबाट कोरोना संक्रमणको परीक्षण गर्दा नेगेटिभ आएको गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक सन्तोस धामीले बताए ।
स्वास्थ्य सेवा कार्यालयबाट किटसहितको ल्याबको टोली गाउँपालिकामा पुगेपछि भाइरस संक्रमणको परीक्षण गरिएको हो । भारत, काठमाडौँ, नेपालगञ्ज र सुर्खेतबाट गाउँपालिकामा आएका अन्य व्यक्तिको पनि परीक्षण हुने धामीले बताए ।
हालसम्म हुम्ला जिल्लामा परीक्षण गरिएका सबै ७८ जनाको रिपोर्ट नेगेटिभ आएको छ।