
सिमकोट-भारत र देशका अन्य भागबाट फर्केर आएका १४ जनाको आजै भाईरस संक्रमणको परिक्षण गर्दा रिपोर्ट नेगेटिभ भेटिएको छ।
गाउँपालिकाका बिभिन्न वडामा रहेका र यस अघि क्वारेन्टाईन अबधि पुरा गरेका उनीहरुको आरडिटी किटबाट परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो।
खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारमा १४ जनाको आरडिटी किटबाट कोरोना संक्रमणको परिक्षण गर्दा नेगेटिभ आएको गाउँपाकिलाको स्वास्थ्य शाखाका संयोजक बलिराज शाहीले बताए।
स्वास्थ्य सेवा कार्यालयबाट किट सहितको ल्याबको टोली गाउँपालिकामा पुगेपछि भाइरस संक्रमणको परिक्षण गरिएको हो । भारतबाट आएका तीन जना बाँकी अरु काठमाडौं, नेपालगंज र सुर्खेतबाट गाउँपालिकामा आई पुगेका थिए। उनीहरु मध्य धेरैलाई प्रदेश सरकारले गाडीमा मुगुसम्म उद्धार गरेको थियो । अन्यको पनि मंगलबार परिक्षण हुने संयोजक शाहीले बताए
यस अघि आजै सर्केगार्ड गाउँपालिकाका दश जनाको आडीटि परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो। हुम्ला जिल्लामा यसअघि आरडिटी किटबाट कोरोना संक्रमणको लागि रगत परिक्षण गर्दा ६८ पुगेको र उनीहरु सबैको रिपोर्ट नेगेटिभ देखिएको थियो।
अब हुम्लामा ९२ जनाको भाईरस संक्रमण परिक्षण भएको र उनीहरु सबैको रिपोर्ट नेगेटिभ देखिएको छ। गाउँपालिका अनुसार सिमकोटमा २९ जना, नाम्खामा २५ जना, अदानचुलीमा ६ जना र ताँजाकोटमा नौ जनाको परिक्षण रिपोर्ट नेगेटिभ देखिएको हो।