लकडाउनमा एनटीसीले दुई दिन नि:शुल्क कल सेवा उपलब्ध गराउने

लकडाउनमा एनटीसीले दुई दिन नि:शुल्क कल सेवा उपलब्ध गराउने
+
-

काठमाडौँ – नेपाल टेलिकमले लकडाउनमा आफन्तसँग कुरा गर्न नपाएका झण्डै २ लाख ग्राहकलाई निशुल्क कल गर्ने सुविधा दिएको छ।

ग्राहकले उक्त सुविधा दुई दिनको लागि हुने र सोमबार राति १२ बजेदेखि लागु भइसकेको टेलिकमका प्रवक्ता राजेश जोशीले देश सञ्‍चारलाई बताए।

उनले भने, ‘सरकारको निर्णय अनुसार टेकलिमका झण्डै २ लाखभन्दा बढी सिम प्रयोगकर्ताले निःशुल्क सेवा लिन पाउनेछन् जसको ब्यालेन्स न्यून भई बन्दाबन्दी (लकडाउन) मा आफन्तसँग सम्पर्क गर्न पाएका छैनन्।’

यसका साथै टेलिकमले ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरको लागि निम्न अनुसार प्याकेज प्रदान गर्ने भएको छ।

१. निम्न अनुसारको जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराउने: २५ वटा अन-नेट एसएमएस ५० मिनेट अन-नेट भ्वाइस १०० एमबी डाटा प्याकेजको अवधि ७ दिनको हुने

२. सो प्याकेज आगामी २ दिन सम्म उपलब्ध गराइनेछ।

३. सो प्याकेजको प्राप्त गर्ने ग्राहकहरूलाई एसएमएस मार्फत जानकारी पठाइने।

४. सो एसएमएसको निर्धारित जवाफ एसएमएस मार्फत पठाएर प्याकेज लिन सकिने।

५. सो प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाई जानकारी गराइने।

६. सो प्याकेज कम्पनीका जिएसएम तथा सिडिएमए प्रिपेड ग्राहकलाई माथिको नियम अनुसार उपलब्ध गराइने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?