लकडाउनमा सिमकोटका किसानलाई पासको व्‍यवस्था

लकडाउनमा सिमकोटका किसानलाई पासको व्‍यवस्था
+
-

सिमकोट-किसानहरुलाई खेतबारीको काम गर्ने सिजन भएको कारण पासको व्‍यवस्था गरिएको छ । बन्दाबन्दीको बेला खेतमा काम गर्न सहज होस भन्नका लागि पासको व्‍यवस्था गरिएको हो।

सिमकोट गाउँपालिका वडा नम्बर ५ का किसान राक्षे कामीले गाउँ नजिकको बारीमा आलु लगाउन जाँदा वडा कार्यालयले उपलब्ध गराएको पास लिएर काम गर्न जानु परेको बताए।

कोरोना संक्रमणको त्रासले बन्दाबन्दी जारी रहको समय समय भएको कारण घर बाहिर जानका लागि वडाले पासको ब्यबस्था गरेपछि पास लिएर काम गर्न जानु परेको हो।

पास लिएपछि नाकामा बसेका सुरक्षाकर्मी र पालो बसेका गाउँले पनि सहजै आउजाउ दिने गर्छन्।सिमकोट गाउाँपालिको वडा नम्बर ५ ले बाहिरका मानिसहरु जथाभाबी भित्रिन नपाउन भन्‍नका लागि खेतीपातीको बेला खेतगरामा काम गर्न जाने किसानहरुलाई पासको ब्यबस्था गरेको बताउदै वडा अध्यक्ष कृष्ण बहादुर बोहराले पासको व्‍यवस्था गरिएपछि जथाभावी मानिस बाहिर काम गर्न जाने क्रम कम भएको बताए।

नाकामा रहेका सुरक्षाकर्मी र गाउँलेले पास भएकालाई मात्रै खेतीपाती गर्न जान दिने र बेलुका घर फर्कन दिने गरेका छन्।अर्को बाहिरका मानिसहरु पनि स्थानीयको भेषमा आउन थालेपछि वडाले आफ्ना नागरिकहरुलाई पासको व्‍यवस्था गर्नु परेको जनाएको छ।

३१४ घरधुरी रहेको वडा नम्बर ५ का सबै घरधुरी खेती किसान गर्छन्।अहिलेको समय आलु लगाउने, कोदो, चिनो, फापर, मकै लगाएतका अन्नको बीउ छर्ने समय भएकोले किसानलाई खेतबारीमा जानै पर्ने बाध्यता रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?