लकडाउनकाबीच सदरमुकामका ६ पसलमा एकैसाथ चोरी

लकडाउनकाबीच सदरमुकामका ६ पसलमा एकैसाथ चोरी
+
-

सिमकोट – लकडाउन जारी रहेको बेला बिहीबार राती हुम्लाका आधा दर्जन पसलहरुमा चोरी भएको छ । सदरमुकाम सिमकोटको मुख्य बजार क्षेत्रका पशलहरुमा चोरी भएको हो ।

कालीचोक स्थित आदित्य जनरल स्टोरका दुईवटा पसलमा एक साथ चोरी भएको पसल मालिक रेशम महतले बताए ।

चोरले सुरक्षाका लागि राखिएको सिसिटिभी पनि फुटाएको छ । सिसिटिभि फुटाउनु अगाडिको फुटेजमा चोरी गर्न आउने व्यक्तिले मास्क लगाएको देखिएको प्रहरीले जनाएको छ ।

कालीचोककै पानस कम्प्युटर एण्ड डिजिटल फोटो सेन्टरमा पनि चोरी भएको छ भने एसपी जनरल स्टोरमा पनि ताला काटिएको छ ।

काठेचुली चोकमा रहेको बालाजी सुनचाँदी पसलको पनि ताला काटिएको छ । सुरक्षा प्रवन्ध प्रभावकारी नहुँदा चोरीका घटना बढ्दै गएको व्यापारीले बताएका छन् । व्यापारी सरोज रावतले प्रहरीले सुरक्षा गस्ती नै नगरेको आरोप लगाए ।

चोरीको घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?