अनलाइनमार्फत बहस

कोरोनाविरुद्ध प्रविधि र विकास: कोही एप्स बनाउँदै, कोही रोबोट चलाउँदै

कोरोनाविरुद्ध प्रविधि र विकास: कोही एप्स बनाउँदै, कोही रोबोट चलाउँदै
+
-

काठमाडौं- विश्‍वभ कोरोना भाइरस (कोभिड १९)ले सताइरहँदा कोरोना रोक्‍न प्रविधि र इन्नोभेसनले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्‍ने सरोकारवालाहरुले बताएका छन्।

‘नेपालमा कोरोना नियन्त्रण र रोकथामको लागि प्रविधिले खेलेको भूमिका र विकास भइरहेका प्रविधि’ विषयमा अनलाइनमार्फत करीब १ सय जनाभन्दा बढी विज्ञहरूले उक्त निष्कर्ष निकाल्दै नेपालमा प्रविधिको प्रयोग र पहुँच कोरोनाको बेला महत्वपूर्ण हुने बताएका हुन।

पूर्वविज्ञात तथा प्रविधि मन्त्री गणेश शाहको संयोजकत्वमा भएको कार्यक्रममा विभिन्न १२ जना विज्ञ तथा इन्नोभेटरहरूले आफूले विकास गरिरहेका प्रविधि र त्यसको प्रयोगको बारेमा जानकारी गराउँदै उनीहरुले सूचना र प्रविधि विश्‍व माहामारीको बेला एउटा बलियो औजार भएको बताएका छन्।

कार्यक्रमको सुरुवात गर्दै पूर्वमन्त्री शाहले संकटमा समाधानका उपायहरू खोज्ने हाम्रो प्रयासले नै उपलब्धि हुने बताउँदै नेपालमा पछिल्लो सयम भइरहेका इन्नोभेसन र प्रविधिका प्रयासहरु उत्कृष्ट रहेको बताए। उनले भने, ‘सरकार र सम्बन्धित निकायमा लबिङ गरी कलेक्टिभ एप्रोचमा काम गर्नुपर्छ। यसबारेमा मैले सरकारसँग सहयोगको लागि अनुरोध गरेको छु।’

अनलाइन अन्तरक्रिया गर्दै नाष्टका विज्ञ डा. रमेश मास्केले अहिले भइरहेका प्रयासहरूको सराहना गर्दै यसलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने बताए। उनले भने, ‘नाष्टले पनि यस क्षेत्रमा रिसर्च र नयाँ प्रविधिहरूको प्रयोगतर्फ काम गरिरहेको हुँदा विभिन्‍न संस्था तथा कम्पनीहरूले गरिरहेका प्रयासलाई अझ प्रभावकारी बनाउनुपर्छ।’

यस्तै डा. विशेष खनालले आर्टिफिसियल इन्टेलिजेन्ट्स (एआई र मेशिन लर्निङ)को प्रयोग गरी कोभिड १९ को रोकथाममा काम गर्न सकिने बताए। उनले भने, ‘कुन कुन क्षेत्रमा संक्रमित छन् र त्यसको अवस्था कसरी नियन्त्रणमा लिने, कुन क्षेत्रमा लकडाउन आवश्यक छ र कुनमा छैन भन्नेकुरा विभिन्न प्रविधिको प्रयोग गरी अपडेट गराउन सकिन्छ।’

खनालले गोलु नामक च्याटबटको पनि विकास गरेका छन्। यसैगरी एनरेनका भूषणराज श्रेष्ठले कोभिड सर्भिलेन्स एप्लिकेशनको काठमाडौँ, ललितपुर महानगरपालिकाहरूले प्रयोग गरिरहेको र यसलाई प्रभावकारी बनाउन अझै थप काम गरिरहेको जानकारी दिए। उनले भने, ‘महानगरहरुले यसलाई आफ्नो जनताको सूचना र चासोका विषयमा यही एपमार्फत जानकारी लिइरहेका छन। उनीहरुको स्वास्थ्य जाँच पनि प्रभावकारी भएको छ।’

यस्तै भरतपुर, वीरगञ्ज महानगरमा प्रयोग भइरहेको क्वारेन्टाइन एप तथा स्मार्टपालिकाका मनोज भट्टराईले एकीकृत रूपमा काम गर्न सके प्रविधिको पहुँच विस्तार गर्न सहज हुने बताएका छन्। उनले आफूले विकास गरेको सिस्टम ७५३ वटै स्थानीय निकायमा निःशुल्क दिन तयार रहेको जानकारी दिएका छन्।

त्यसैगरी रोबोटिक्स एशोसिएशनका अध्यक्ष विकास गुरुङले विभिन्‍न संस्था, कम्युनिटी र स्टार्टअपहरूसँग सहकार्य गरी विभिन्न नयाँ प्रविधिहरूको विकास गरेको जानकारी दिए। फुड डेलिभरी रोबोट, एयर भेन्टिलेटर, स्बाव कलेक्सन बुथ जस्ता कामहरू भइहरको उनले दाबी गरे।

उनले भने, ‘ हामीले कोरोनाको कहरलाई मध्‍यनजर गर्दै तीनदिनसम्‍म रिसर्च गर्‍यौ र खाना अनि औषधि बोक्‍ने रोबोट बनाएका हौ। यो रोबोटले मानिसको भौतिक उपस्थिति बिनै कोरोनाको विरामीलाई खाना र औषधि पुर्‍याउन सक्षम छ। हामीले यसको परीक्षण माहाराजगञ्‍जस्थित शिक्षण अस्पतालमा गएर गरिसकेका छौ।’

यस्तै आफूहरूले ब्लुटुथमा आधारित ट्र्याकिङ सिस्टम विकास गरेर र दूरदराजमा पनि सेवा दिनेगरी सरकारसँग मिलेर काम गर्न सकिने टेक्नोलोजी सेल्स प्रालिका रामलक्ष्मण रिमालको भनाइ छ। उनले भने, ‘ब्लुटुथमा आधारित ट्र्याकिङ सिस्टम विकास गरेर र दूरदराजमा पनि सेवा दिनेगरी सरकारसँग मिलेर काम गर्न तयार छौ।तर हामी युवालाई अवसर त दिनु पर्‍यो नि ? ‘

यता, फ्युज मेशिन्सका सगुन श्रेष्ठले ओपन प्लाटफर्ममा विकास गरिएको कोभिड डटओआरजीले कोरोनाको लाइभ अपडेट, स्थानीयस्तरका अस्पताल र सरकारी तयारीको बारेमा समेत जानकारी दिने गरेको बताए।

कार्यक्रममा ड्रोन नेपालका तर्फबाट दर्पण पुडासैनीले आफ्नो समूहले प्रविधिमा नयाँ नयाँ खोज गरिरहेको दावी गर्छन्। उनले आफ्नो अनुभव सुनाउँदै भने,’ ‘काठमाडौंमा ड्रोन म्यापिङको काम हामीले गरिरहेका छौ। यसले पछि आपत्तमा धेरै सघाउन सक्छ। मेडिसिन र उपकरण निर्धारित समयमा पुर्‍याउन मद्दत गर्छ।’

इन्जिनियर एशोसिएशनका सुरज गौतमले सेनिटाइजेसन टनेल लगायतको प्रविधि विकास गरिरहेको बताए। यसैगरी आउटलाइन रिसर्चका सगुन ढाकुवा, कोड फर कोरका प्रमोद पोख्रेलले आफूहरूले गरिरहेका कामहरूको बारेमा अवगत गराए।

यस्तै कार्यक्रममा सरकारले प्रयोग गरिरहेका विभिन्न एप्लिकेशन, सर्भे सिस्टमहरूको बारेमा छलफल भएको थियो। निजी क्षेत्रबाट महावीर पुनदेखि अनलाइन डाक्टर कन्सल्टेसन सेवा दिइरहेका प्रविधिहरूको बारेमा छलफल भएको थियो।

हेमपाल श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा आइटी विज्ञ मनोहर भट्टराईले यहिलेको अवस्थामा कस्तो प्रविधि आवश्यक छ र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा कुरा राखेका थिए। सयौंको सहभागितामा आयोजना भएको अनलाइन अन्तरक्रिया कार्यक्रमले कोभिड १९ को रोकथाम र नियन्त्रणमा भइरहेका प्रविधिहरूको प्रभावकारितामा जोड दिइएको थियो।

सरकारबाट भइरहेका विभिन्न प्रयासहरूलाई एकीकृत रूपमा अघि बढाउन, विभिन्न एपहरूले लिइरहेका तथ्यांकहरूको मोनिटरिङ गर्न, डेटा प्राइभेसीमा ध्यान दिन सबैले जोड दिएका थिए।

अहिले नेपालमा स्वास्थ मन्त्रालयले हाम्रो स्वास्थ र गृह मन्त्रालयले क्वारेन्टाइनमा बसेकाको निगरानीको लागि कोभिड एप सञ्चालनमा ल्याएको छ। निजी क्षेत्रबाट एक दर्जन बढी एप्लिकेशन, अनलाइन कन्सल्टेसनका कामहरू भइरहेका छन्।

चीन, दक्षिण कोरिया, ताइवान, सिंगापुर जस्ता देशहरूले कोरोना नियन्त्रण तथा रोकथाममा केही प्रविधिहरू प्रभावकारी रूपमा प्रयोग गरेका छन्। ब्लुटुथमा आधारित कन्ट्याक्ट ट्रेसिङ, एआई मार्फत रोग पहिचान गर्ने र पूर्वानुमान लगाउने, ब्लकचेन प्लाटफर्मले बिरामी प्रोसेसिङलाई छिटो गर्ने, मेडिकल आपूर्ति पुर्‍याउन ड्रोन, औषधिको विकास गर्न एआई एल्गोरिदम र कम्प्युटिङ पावरको प्रयोग, खाना तथा औषधि पुर्‍याउन र सरसफाइमा रोबोटको प्रयोगसँगै कोरोना भाइरसको भ्याक्सिनमा सुपर कम्युटिङ लगायतको प्रयोग भइरहेको छ।

कार्यक्रममा नेपालमा पछिल्लो सयम कोभिड १९ लाई लिएर भइरहेको सरकारी, गैरसरकारी, निजी प्रयासबाट विकास भइरहेका प्रविधि र प्रयोगको बारेमा लिभिङ विथ आइसिटीका राजन लम्सालले प्रस्तुति दिएका थिए।

यसका साथै जुम एप्लिकेशनमार्फत सञ्चालन भएको उक्त अन्तरक्रियामा यस क्षेत्रमा काम गरिरहेको र शनिबार प्रदेश सरकारका आइटी प्रमुख, कोरोना रोकथाम नियन्त्रण समितिका प्रतिनिधी र अन्य विज्ञहरुसँग दोश्रो चरणको अनलाइन छलफल हुने उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?