जनकपुरमा स्थानीयले दिउँसै झुल ओढे

जनकपुरमा स्थानीयले दिउँसै झुल ओढे
+
-

जनकपुरधाम- मौसम परिवर्तन भएसँगै जनकपुरमा बढेको लामखुट्टेले आजित भएका स्थानीयले झुल ओढेर सांकेतिक विरोध प्रर्दशन गरेका छन्।

स्थानीय सरकारको विरोध गर्दै परिवर्तनका लागि युवा अभियान र जानकी युवा क्लबले झुल ओढेर सांकेतिक बिरोध गरेका हुन्।

जननिर्वाचित मेयर र वार्ड अध्यक्षहरूले जनताको समस्यामा ध्यान नदिएको भन्दै स्थानीय युवाले विरोध स्वरुप ठाउँठाउँमा झुल ओढेर बसेका देखिए। जनकपुरको जानकीचोकमा केही स्थानीय युवा अंगराज पोखरी छेउमा झुल ओढेर बसेका थिए भने जानकी मन्दिरको प्रांगणमा पनि युवायुवती तथा महिला पनि झुल ओढर उभिएको देखिए।

अहिले जनकपुरका प्रत्येक वार्डमा लामखुटे आतंक छ तर वार्ड अध्यक्षहरू र मेयरले वास्ता नगरेका कारण बाध्य भएर आफूहरु सांकेतिक बिरोधमा उत्रेको भन्दै स्थानीय सुशील कर्णले आक्रोश पोखे।

स्थानीय आशा साह भन्छिन्, ‘समयमै औषधि नछर्के विभिन्न रोग बढ्छ।’

यस्तै, जानकी युवा कमिटीका अध्यक्ष बिट्टू पंजियारले मेयरले अब पनि मच्छरको औषधी नल्याए कड़ा आन्दोलन हुने चेतावनी दिएका छन्।

‘चुनावको बेला चिप्लो कुरा गर्ने र कामको बेला पिठ्यूँ देखाउने मेयरलाई हामी सचेत गराउन चाहन्छौँ’, सांकेतिक विरोध कार्यक्रमलाई संबोधन गर्दै क्लबका महासचिव मोहन रौनियारले आक्रोश पोखे।

सांकेतिक विरोध कार्यक्रमका क्रममा युवा र स्थानीयले नाटकसमेत मञ्चन गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?