लकडाउनमा फेसबुकले ल्‍यायो मेसेन्जर रुम्स, एक पटकमा ५० जनाले कुरा गर्न सक्‍ने

लकडाउनमा फेसबुकले ल्‍यायो मेसेन्जर रुम्स, एक पटकमा ५० जनाले कुरा गर्न सक्‍ने
+
-

एजेन्सी-विश्‍वभर कोरोना भाइरस (कोभिड१९)को माहामारी चलिरहँदा फेसबुकले मानिसहरुलाई भर्चुअली कनेक्ट गराउन मेसेन्जर रुम्स लिएर आएको छ।

लकडाउनको बेला जुम, माइक्रोसफ्ट, गुगल लगायत आइटी कम्पनीहरुले धमाधम भर्चुअल भेला गराउने र भिडियोमार्फत जोडिरहँदा फेसबुकले पनि चुनौती दिँदै मेसेन्जर रुम्स ल्याएको हो।

फेसबुकका सिइओ मार्क जुकरबर्गले फेसबुकमा म्यासेन्जर रुम्सको बारेमा व्‍याख्या गर्दै भनेका छन्, ‘हामीले लकडाउनमा मानिसहरुलाई आपसमा भिडियोमार्फत एकैसाथ कुरा गर्न म्‍यासेन्जर रुम्स लिएर आएका छौ। यसले म्‍यासेन्जरमै एकै पटकमा ५० जनालाई भिडियोमार्फत कुरा गर्न सक्नेछन्।’

उनका अनुसार फेसबुक आइडी भएकाहरु पनि यसमा आवद्ध हुन सक्‍नेछन् जुन एक क्लिकमै सबैलाई सजिलै जोड्न सकिन्छ। जुकरवर्गले यसलाई चलाउँदै भनेका छन्, ‘ यो मानिसहरुको लागि नै उत्कृष्ट अनुभूति दिनेछ भने आफन्तसँग र साथीभाइसँग निमेषभरमै कुरा गराउन साथ दिनेछ।’

अब फेसबुकका प्रयोगकर्ताले आफ्नै आइडीबाट म्यासेन्जर रुम्स बनाउँन सक्नेछन् भने त्यहाँ आफूले चाहेको व्‍यक्तिलाई ‘जोइन’ गराउन सक्नेछन्। जसमा फीड, इन ग्रुप्स, इभेन्ट पेज लगातका विकल्पहरु हुनेछन्। यसलाई प्रयोगकर्ताहरुले आफूले मन लागेको चलाउन सक्नेछन्।

यसका साथै प्रयोगकर्ताले आफ्नो सीमित साथीहरुसँग पनि कुरा गर्न सक्‍नेछन् भने व्‍यक्तिगत रुपमा पनि यसलाई प्रयोग गर्न सक्नेछन्।

तर आश्‍चर्य त के छ भने जुमभन्दा पनि सशक्त फेसबुकले ३६० डिग्रीको ब्‍याग्राउण्ड बनाएर पनि भिडियो कुराकानी गर्ने गरी म्यासेन्जर रुम्सलाई विकास गरेका छन्। साथै १४ वटा फिल्टर गर्ने लाइटहरु पनि सँगै समावेश गरिएको जुकरवर्गले दाबी गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?