लकडाउनमा सुर्खेतमा अलपत्र परेका २९५ जनाको उद्धार

लकडाउनमा सुर्खेतमा अलपत्र परेका २९५ जनाको उद्धार
+
-

सिमकोट- काम बिशेषले सुर्खेतमा अलपत्र परेका हुम्लाबासीहरुको गाडीमा उद्धार गरिएको छ।

बन्दाबन्दीको कारण सुर्खेतमा अलपत्र परेको जनगुनासो आएपछि कर्णाली प्रदेश सरकारले हुम्लाका नागरिकहरुको उद्धार गरेको हो।

कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्रालयले पाँच वटा गाउँपालिकाहरु २९५ जना हुम्लाबासीलाई गाडीमा सुर्खेत, दैलेख, जुम्ला र मुगु हुदै हुम्लासम्म उद्धार गरिएको छ । उद्धार गर्न सात वटा बसको ब्यबस्था कर्णाली प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयले गरेको हो।

उद्धार गरिएका ब्यक्तीहरुमा १६१ जना पुरुष, ६९ जना महिला र ६५ जना बालबालिका रहनु भएको छ । प्रदेश सरकारले मुगुको गमगडीसम्म पुर्‍याउने छ भने त्यसपछि पैदल हुम्ला जानु पर्नेछ।

अध्ययन, काम बिशेष र हिउदमा तराई झरेका हुम्लाबासी सुर्खेमा बन्दाबन्दी सुरु भएयता रहदै आएका थिए। हुम्ला पुगेपछि सबै जना आआफ्नो पालिकामा स्थापना गरिएका क्वारेन्टाईनमा बस्नु पर्ने सामाजिक मन्त्रालयले जनाएको छ।

गाउँपालिकाहरुले सिमित मात्रामा क्वारेन्टाईन स्थापना गरेका छन्। अब गाउँपालिकाले थप क्वारेन्टाईन स्थापना गर्नु पर्नेछ । यस अघि पनि कर्णाली प्रदेश सरकारले गत चैत्रमा १३३ जनाको सुर्खेतबाटै उद्धार गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?