मंगल ग्रहको जानकारी लिन रेडियो टेलिस्कोप बनाँउदै चीन

मंगल ग्रहको जानकारी लिन रेडियो टेलिस्कोप बनाँउदै चीन
+
-

एजेन्सी- चीनले मार्स मिसनका लागि दक्षिण एसियाकै सबैभन्दा ठूलो रेडियो टेलिस्कोपको निर्माण थालेको छ। चीनको वुक्विङ जिल्ला उत्तरी तियाञ्‍जन प्रान्तमा उक्त रेडियो टेलिकस्कोपको निर्माण सुरु गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

सिन्ह्वाका अनुसार उक्त रेडियो टेलिस्कोपको डाइमिटर ७० मिटर रहेको र यसले मंगल ग्रहमा रहेका सूचना र जानकारीहरु सजिलै ग्रहण गर्न सक्ने बताइएको छ। सन् २०२० मा सार्वजनिक गर्ने तयारीमा रहेको चीनले यसको नाम तियानवेन १ राखेको छ।

यो तियानवेन- १ यस्तो रेडियो टेलिस्कोप हो जसले मंगल ग्रहको कक्ष, ल्याण्डिङ र रोभिङमा के भइरहेको छ भनेर सजिलै जानकारी दिन सकिने चीनको नेशनल एस्ट्रोनोमिकल अब्जर्भेसन अफ दि चाइनिज एकेडेमी अफ साइन्सले दाबी गरेको छ।

यसको आकार करीब ४ वटा बास्केट बलको कोर्ट बराबर रहेको छ । साथै यसले पृथ्वीबाट ४०० किलोमिटर टाढा रहेको साइन्टिफिक डाटा दिन सक्नेछ।

मार्स एक्सप्लोरेशन मिसनका कार्यकारी प्रमुख ली चुन लाइले भनेका छन्, ‘ यो रेडियो टेलिस्कोपले पृथ्वीबाट ४ सय किलोमिटर पर रहेको मंगल ग्रहमा हुने सबै साइन्टिफिक डाटाहरु प्राप्त गर्न सक्छ। यतिमात्र नभएर कमजोर सिग्नललाई बलियो समेत बनाउन मद्दत गर्दछ। ‘

यसअघि चीनले पनि लुनार प्रोब चन्द्रमामा सफलतापूर्वक प्रक्षेपण गरिसकेको छ। यसले पृथ्वीमा हुने प्राकृतिक विपत्ति, विज्ञानमा प्रकाशको नयाँ खोज गर्ने बताइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?