कर्णाली करिडोरको काम सुचारु

कर्णाली करिडोरको काम सुचारु
+
-

सिमकोट – बन्दाबन्दीले रोकिएको कर्णाली करिडोरको निर्माण कार्य सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजना समेत रहेको करिडोरको काम निर्धारित समयमा सम्पन्न गर्न नेपाली सेनाले निर्माण कार्य अगाडि बढाएको हो ।

रोकिएको काम सुचारु भएको ताँजाकोट गाउँपालिकाका स्थानीय जगत शाहीले जानकारी दिए ।

सेनाले गाउँपालिकालाई काम अगाडि बढाउन कामदार पठाउन सहयोग मागेको र त्यही अनुसार गाउँपालिकाले पनि कामदार पठाउँदा काम सुचारु भएको हो ।

कोरोना त्रासको कारण बन्दाबन्दीको कारण करिब एक महिना अगाडिदेखि बन्द रहेको करिडोरको काम सुचारु भएको कर्णाली करिडोर सडक निर्माण कार्यदलका आयोजना प्रमुख इन्जिनीयर एबं सेनानी मिलन कार्कीले बताए ।

सेनाको जंगी अड्डाको निर्देशन अनुसार बन्दाबन्दी अगाडि काम गर्ने कामदारहरुलाई परिचालन गरेर काम सुचारु गर्नुपर्ने निर्देशन अनुसार कार्य भएको हो ।

निर्माण कार्यमा नयाँ कामदार परिचालन गर्न भने पाइने छैन । सेनानी कार्कीले हाल एक सय जना कामदारहरु कार्यस्थलमा खटिएको, कोही गाउँबाट आउँदै गरेको र कोही भने कामदार बाटोमा रहेको बताए ।

यसअघि उक्त खण्डमा तीन सय भन्दा बढी नेपाली सेना र अन्य कामदारहरुले काम गर्दै आएका थिए ।

करिडोरको खुलालु, लैफु कवाडी हँुदै सलिसल्लासम्म १सय २३ किलो मिटर सडक निर्माणको जिम्मा नेपाली सेनाको निर्माण दललाई भएकोमा बन्दाबन्दी अगाडिसम्म ११५ दशमलव एक सय किलो मिटर सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न गरेर अधिकांश क्षेत्रमा गाडी गुडिरहेको अवस्था छ ।

सेनाले आगामी असारसम्म सबै खण्डको प्रारम्भिक ट्रयाक खोल्ने कार्य सम्पन्न हुने जनाएको छ ।

बन्दाबन्दीमा पनि काम सुचारु भएपछि करिडोरको काम समयमै सम्पन्न हुने आशा पलाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?