
सिमकोट-कोरोना भाइरस संक्रमणका लागि स्थापना गरिएको क्वारेन्टाइन तथा अन्यत्र स्थानको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरुले साधारण माक्सकै भरमा सुरक्षा दिनु पर्दा असुरक्षित हुनु परेको छ।
भाइरस संक्रमणका उपकरण तथा सामाग्रीहरु प्रहरीसंग नहुनु र अन्य निकायहरुबाट पनि सहयोग उपलब्ध नहुदा सुरक्षाकर्मीहरु उपरकणको प्रयोग बिनै सुरक्षा दिन बाध्य भएका हुन।
प्रहरी नायब उपरिक्षक रामप्रसाद घर्तीमगरका अनुसार कोरोना भाइरस संक्रमण बिरुद्ध परिचालीत सबै सुरक्षाकर्मी साधारण माक्सका भरमा सुरक्षा दिई रहेका छन्।
त्यो पनि कतिपय सुरक्षाकर्मीले त माक्स पनि आफै ब्यबस्था गर्नु परेको छ। अन्य सर्जिकल माक्स, सेनिटाइजर, पिपिई, ग्लोव लगाएतका उपकरणहरु केही पनि सुरक्षाकर्मीसँग छैन।
सुरक्षाकर्मीहरुले सुरक्षण सामाग्री बिनै सुरक्षा दिनु परि रहेको अबस्था रहेको छ । कोरोन संक्रमणका बिरुद्ध नेपाल प्रहरी, सशस्त्र प्रहरी बाहिरी रुपमा नेपाली सेना पनि परिचालन भएको छ।
प्रनाउ घर्तीमगरले प्रहरी प्रधान कार्यालयबाट हुम्ला जिल्लाका लागि चार थान पिपिई निकासा भएको भएपनि जिल्ला आइनपुगेको बताए । यो अबस्था अन्य सुरक्षाकर्मी पनि उस्तै रहेको छ।
सुरक्षाका उपकरणहरु केही पनि सुरक्षाकर्मीहरुसंग नहुदा भोली संक्रमणले महामारीको रुप लिए प्रहरी पनि चपेटामा पर्ने निश्चित छ।