सुर्खेत र नेपालगञ्जमा अलपत्र परेका नागरिकको हवाई मार्गबाट उद्धार सुरु

सुर्खेत र नेपालगञ्जमा अलपत्र परेका नागरिकको हवाई मार्गबाट उद्धार सुरु
+
-

सिमकोट – अध्ययन तथा कामले जिल्ला बाहिर रही लकडाउनमा फसेका माथिल्लो हुम्लाका नागरिकहरुको हवाई मार्गबाट उद्धार सुरु भएको छ ।

हुम्लाबासीको मागलाई मध्यनजर राख्दै पर्यटन मन्त्रालयले नेपालगञ्ज र सुर्खेतमा लकडाउनमा फसेका हुम्लाबासीलाई हवाई सेवाबाट उद्धार गर्ने निर्णय गरे अनुसार सो काम शनिबारदेखिसुरु भएको हो ।

हुम्लाका नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका घर भइ नेपालगञ्ज र सुर्खेत फसेका नागरिकको उद्धार कार्य सुरु भएको हो । शनिबार पहिलो फ्लाईटमा नाम्खाका नागरिक ओसार्न सुरु भएको छ । त्यसपछि अन्य दुई गाउँपालिकाका नागरिकहरुको पनि उद्धार गरिने अधिकारीहरुले बताएका छन् ।
नेपालगञ्जमा रहेका ४ सय ९५ र सुर्खेतमा रहेका चार सय गरि ८ सय ९५ नागरिकलाई हुम्ला ल्याइने छ । सीता एयरका तीन वटा, तारा र समिट एयरका एक एक वटा जहाजले यात्रु ओसाने काम गरिरहेका छन् ।

नेपालगञ्ज र सुर्खेतबाट यात्रुहरु हुम्ला पुगेपछि आ–आफ्ना गाउँपालिकामा गएर अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्नेछ ।

जिल्ला बाहिर फसेका नागरिकहरुलाई हवाई मार्गबाट उद्धारका लागि एक महिना अगाडिदेखि माग हुँदै आएको थियो । सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लाका जनप्रतिनिधिहरुको आग्रहलाई पर्यटन मन्त्रालयले स्वीकार गर्दै जहाजबाट यात्रु उद्धार गर्ने निर्णय गरेको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?