माइक्रोम्याक्सले ल्यायो एक्स ४०९ बार फोन

माइक्रोम्याक्सले ल्यायो एक्स ४०९ बार फोन
+
-

काठमाडौं- स्मार्टफोन जगतमा माइक्रोम्याक्स विश्व प्रसिद्ध भारतीय ब्राण्ड हो। विश्व बजारमा विस्तारै र निरन्तर रुपमा माइक्रोम्याक्सले आफूलाई उत्कृष्ट ब्राण्डको रुपमा स्थापित गर्दै आएको छ।

माइक्रोम्याक्सका फोनहरु बजेट अनुकुल फोनको लागि प्रसिद्ध रहेको छ। यो एउटा यस्तो ब्राण्ड हो जसमा तपाई पूर्णरुपमा निर्धक्क हुन सक्नु हुनेछ। माइक्रोम्याक्सले सधैं उत्कृष्टताका साथ आफ्नो ग्राहकहरुलाई खुसी राखेको छ।

माइक्रोम्याक्सले आफ्ना ग्राहकहरुलाई कहिल्यै निरास पारेको छैन। कम्पनीले अहिले एक्स ४०९ बारफोन र क्यु ३५३ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ।

माइक्रोम्याक्सको यो एक्स ४०९ मोडलमा १.८ इन्चको स्कृन जडान गरिएको छ भने, फ्रन्ट र रियर क्यामेरा जडान भएको छ। यो फोनमा २ वटा सिमकार्डको प्रयोग गर्न सकिन्छ। उक्त फोनमा ८०० एमएचको ब्याट्री प्रयोग गरिएको छ।

यसको अलावा एफएम रेडियो, भ्वाइसकल रेकडिङ, म्युजिक प्लेयर र भिडियो प्लेयर जडान भएको छ। यस फोनको बजार मूल्य १०२५ रुपैयाँ रहेको छ। कम्पनीले यो फोनमा १०० दिनसम्म फिर्तागर्न सक्ने ‘रिप्लेसमेन्ट वारेन्टि’ जारी गरेको छ।

कम्पनीले बजारमा ल्याएको बजेट स्मार्ट फोनमा क्यु ३५३ हो, यस फोनमा 1.3 GHz Quad-Core र 1 GB RAM रहेको छ। ५ इन्चको एचडी डिस्प्ले जडान भएको यस फोनमा ७२०ह१२८० पिक्सल रिजोलुसन रहेको छ।

यस फोनमा २००० एमएचको ब्याट्री प्रयोग भएको छ। जसको प्रयोगले भिडियो हेर्न र गेम खेल्न सहज हुन्छ। यसमा रियर र फ्रन्ट दुबै क्यामेरा ५ मेगा पिक्सलको जडान भएको छ। यसमा ७.० नुगट अपरेटिङ सिस्तमको जडान गरिएको छ।

यसमा प्रसस्त स्टोरेज क्षमता रहेको छ। १ जिबी र्‍याम र ८ जिबी रोम रहेको यस फोनमा ३२ जिबीसम्मको मेमोरीकार्ड प्रयोग गर्न सकिन्छ। थ्रिजी नेटवर्क सपोर्ट गर्ने फोनमा २ वटा सिमकार्डको प्रयोग गर्न सकिन्छ।

माइक्रोम्याक्सको यो उत्कृष्ट प्रिमियम स्मार्टफोनहरु मध्येको एक, बहुप्रतिक्षित स्मार्टफोन क्यु३ एन्ड्रोयड बजेट स्मार्टफोनको प्रिमियम मूल्य दर रु. ६,८२०/– मात्र तिरेर आफ्नो बनाउन सकिन्छ। यो बजेट स्मार्टफोन बजारमा आएका अन्य बजेट स्मार्टफोनहरु भन्दा उत्कृष्ट फोनमा पर्छ। जसले कुनैपनि समयमा कार्य दक्षतामा कमी आउन दिँदैन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?