
काठमाडौं- युएस बंगलाको विमान दुर्घटना हुँदा ज्यान गुमाएका बंगलादेशी नागरिकको शव काठमाडौंमा रहेको दूतावासले बुझेको छ।
विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये पहिचान भएका २३ बंगलादेशी नागरिकको शव काठमाडौंमा रहेको बंगलादेशी दूतावासले सोमबार बिहान बुझेको हो। दूतावावासले २३ जना बंगाली नागरिकको शव अस्पतालबाट लगेको थियो।
दूतावावासमा नमाज पढेपछि कफिनमा राखिएका ती शवलाई एरपोर्ट लगिएको थियो। दूतावासले २ बजे ती शवलाई बंगलादेश पठाएको छ।
गएको सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलामा चालक दलका सदस्यसहित ७१ जना रहेको युए बंगलाको विमान दुर्घटना हुँदा ४९ जनाको ज्यान गएको थियो। त्यसमा २२ जना नेपाली नागरिक पनि परेका थिए।
गत हप्ता भएको यूएस बांग्ला विमान दुर्घटनामा परी ज्यान गुमाएकामध्ये २३ जना बांग्लादेशी यात्रुको शव विशेष उडानबाट सोमवार बांग्लादेशको राजधानी ढाका पठाइएको छ।
ती शवहरू ढाकाको विमानस्थलबाट सैनिक रङ्गशाला लगिनेछ जहाँ विशेष प्रार्थना सभा आयोजना हुँदैछ। पहिचान गरिएका मृतकहरूमा १० जना महिला, दुईजना बालबालिका र ११ जना पुरूष भएको बताइएको छ।
तस्बिरहरु-बर्षा शाह/देश सञ्चार