काठमाडौं- के नायक अनमाेल केसीलाई कुनै कार्यक्रममा जान तथा कुनै फिल्म खेल्न उनका बुवा तथा नायक भुवन केसीकाे अनुमति लिनु पर्छ? के अनमोललाई दबाब दिन्छन् भुवन केसी?
राजधानीमा शुक्रबार भुवन केसी र अनमाेल केसी एउटा कार्यक्रममा सँगै देखिए र भुवनले आफूमाथि लागेका आरोपको खण्डन पनि गरे।
भुवनले स्पष्टीकरण दिए, ‘अनमोल नेपाली चलचित्रको अनमोल हो, दर्शकको अनमोल हो। तर, घरभित्र मेरो छोरा अनमोल हो। उसलाई आउने काममा मैले हस्तक्षेप गर्दिनँ।’
उनले स्पष्ट पारे, ‘एउटा बाबु र सिनियर कलाकारको हिसाबमा उसले मागेको सल्लाहमा सुझावसम्म दिनेगर्छु। सल्लाहसम्म दिनेगर्छु।’
कुनै पनि काम गर्ने, नगर्ने निर्णय भने अनमोलले नै गर्नेसमेत प्रस्ट्याए। ‘अनमोल यहीँ छन्, उनलाई पनि सोध्न सक्नुहुन्छ,’ भुवनले थप प्रस्ट पारे।
कार्यक्रममा सँगै उपस्थित अनमोल केसीले पनि आफ्ना सबै निर्णय आफूले नै लिने सुनाए।