काबुलको एक अस्पतालमा प्रहरीको भेषमा अन्धान्धुन्ध गोली प्रहार, २ नवजात शिशुसहित कम्तिमा १३ मारिए

काबुलको एक अस्पतालमा प्रहरीको भेषमा अन्धान्धुन्ध गोली प्रहार, २ नवजात शिशुसहित कम्तिमा १३ मारिए
+
-

काबुल-  अफघानिस्तानको राजधानी काबुलस्थित एक अस्पतालमा बन्धुकधारीले गरेको अन्धाधुन्ध गोली प्रहारमा नवजात २ शिशुसहित कम्तिमा १३ जना मारिएका छन्।

दास्त ए बार्ची अस्पतालमा इन्टरनेसनल ह्युमेनिटरियन अर्गनाइजेसन मेडेसिन्स सान्स फ्रन्टियर्सले प्रसुती क्लिनिक सन्चालन गर्दै आएको थियो। बन्धुकधारीले प्रहरीको भेषमा आक्रमण गरेको गार्जियनले उल्लेख गरेको छ। आक्रमणमा १५ जना घाइते भएका छन्।

सरकारी अधिकारीका अनुसार प्रहरीको भेषमा रहेका कम्तिमा तीन बन्धुकधारीले गोली प्रहार मात्र गरेका थिएनन्, ग्रिनेडसमेत फ्याँकेका थिए। आक्रमणको जिम्मा कसैले लिएको छैन। आतङ्कवादी समूह तालेवानले घटनामा आफ्नो संलग्नता रहेको दावी गरेको छ।

एक सय शैय्याको दास्त ए बार्ची अस्पताल, मेडेसिन्स सान्स फ्रन्टियर्सको सहायतामा सन्चालन हुँदै आएको छ।

सुरक्षा अधिकारीले एक बन्धुककारीलाई गोली हानेर मारेपनि स्थिती नियन्त्रणमा आइसकेको छैन। दुईपक्षबीच गोली हानाहान चलिरहेको उल्लेख गरिएको छ। अस्पतालभित्र अझै केही मान्छे फसिरहेको हुन सक्ने र हालसम्म ८० जनाभन्दा बढीलाई निकालि सकिएको गार्जियनले जनाएको छ।

मेडेसिन्स सान्स फ्रन्टियर्सलेले उक्त अस्पतालमा काबुलका गरिब परिवारलाई लक्षित गरि प्रसुती सेवा सन्चालन गर्दै आएको छ। हाजरा समुदायका ती गरिबी स्थानीय प्राय सिया मुस्लिम छन्। सिया मुस्लिमलाई धार्मिक अतिवादी समूह आईएसले निसाना बनाउँदै आएको छ।

सुरक्षा अधिकारीले सोमबार मात्र आईएसका क्षेत्रिय नेतासहित तीन जना सिनियर सदस्यलाई पक्राउ गरेको दावी गरेको थियो। गत साता सुरक्षा अधिकारीले काबुलका केही आक्रमणका घटनामा संलग्न भएको आरोपमा आईएसका केही लडाकुलाई गोली प्रहार गरि मारेको थियो भने केहीलाई नियन्त्रणमा लिएको थियो। मार्चमा शिख मन्दिरमा भएको आक्रमणमा उनिहरुको संलग्नता रहेको सुरक्षा अधिकारीको दावी थियो।।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?