
सिमकोट-शान्ति थापाको रहस्यमय मृत्यु भएको भन्दै हत्याको आशंका गर्दै मृतकका माइती पक्षले दिएको किटानी जाहेरी दर्ता नभएपछि छ दिनदेखि लाशको पोष्ट मार्टम हुन सकेको छैन।
प्रहरीले माईतीको लगाएको आरोप थापाको मृत्युमा श्रीमानको संलग्नता हुने प्रमाण नदेखिएको भन्दै किटानी जाहेरी गर्न नमान्दा लाशको पोष्टमार्टम हुन नसकेको हो।
सदरुकाम सिमकोटबाट डेढ दिन पैदल लाग्ने सर्केगार्ड गाउँपालिकाको वडा नम्बर ४ को दुल्लीको घरमा रहेकी २४ बर्षीया छोरीको मृत्युको खबर आएपछि आशंका बढेको मृतककी मामा नन्द रावतले बताए।
मृतकका घरपरिवारका सदस्यहरुले कहिले देउता लागेरे, कहिले प्यारालाईसिस त कहिले स्तनमा समस्याले मृत्यु भएको बहाना गर्न थालेपछि आशंका बढेको माईती पक्षको आरोप छ। त्यस लगत्तै प्रहरी जिल्लाबाट अनुसन्धानका लागि फिल्डमा गएर प्रहरीले लाशलाई पोर्टमार्टमका लागि सदरमुकाम सिमकोट ल्याएको प्रहरीले जनाएको छ।
माइती पक्षको किटानी जाहेरी गर्न प्रहरीले नमानेको भन्दै लाशको पोष्टमार्टम हुन सकेको छैन। तर जाहेरी मात्र प्रहरी लिने भनेको छ। जाहेरी दिन माईती पक्ष दिने अबस्था छैन। घटना २५ गते भएको भएपनि लाशलाई वैशाख २७ गते जिल्लामा पुर्याइएको थियो।
माइती पक्ष र स्थानीय महिलाहरुले घटनाको सत्यतत्थ्य छानबिन गरि दोषी पत्ता लगाउन दैनिक प्रशासनमा धर्ना दिएपनि घटनाका बारेमा सार्बजनिक हुन सकेको छैन।
माइती पक्षले शान्तीको हत्या उनकै श्रीमान सर्केगार्ड गाउँपालिका वडा नम्बर ४ दुल्लीका जुनराज थापाले आरोप लगाएका छन्। घटनाका बारेमा प्रहरी, माईती पक्षबिच वार्ता जारी रहेको छ।