‘प्रदेश ४ लाई उत्कृष्ट बनाउँछौँ’

‘प्रदेश ४ लाई उत्कृष्ट बनाउँछौँ’
+
-

प्रदेश ४ लाई उत्कृष्ट बनाउने नवनिर्वाचित सांसदहरुको प्रतिबद्धता

पोखरा-  प्रदेश नं. ४ लाई उत्कृष्ट प्रदेशको रुपमा स्थापित गर्ने नवनिर्वाचित सांसदहरुले प्रतिबद्धता व्यक्त गरेका छन्। पश्चिमाञ्चल होटल संघ पोखराले आयोजना गरेको प्रदेश र प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको बधाई तथा शुभकामना कार्यक्रममा उनीहरुले पोखराको पर्यटन प्रवद्र्धनमा जोड दिँदै पोखरालाई समृद्ध सहर बनाउन सामूहिक प्रतिबद्धता ब्यक्त गरेका हुन्।

कास्की क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित जगत विश्वकर्माले पोखराको पर्यटन प्रर्वद्धन गरी शहरलाई समृद्ध बनाउन आफूले जोड दिने बताए। उनले पर्यटन, ऊर्जा र कृषिको विकासले नै समृद्धि हासिल हुने बताए।

क्षेत्र नं. १ (२) बाट प्रदेशसभाका निर्वाचित सांसद मनबहादुर गुरुङले पर्यटन ब्यवसायीहरुको विज्ञता मार्फत विकासको खाका कोर्ने बताए।

उनले ग्रेटर पोखराको अवधारणा मार्फत समस्याको पहिचान गरी विज्ञको सल्लाहबाट अघि बढ्ने बताए। क्षेत्र नं. २ (२) बाट निर्वाचित प्रदेशसभा सांसद विन्दुकुमार थापाले अब विकासका मुद्दालाई प्राथमिकतामा राखेर उत्कृष्ट प्रदेशका लागि काम गर्ने बताए।

उनले विकासका लागि योजनाबद्ध ढंगले काम गरेर अघि बढ्नु पर्ने बताए। क्षेत्र नं. ३ (ख) प्रदेश सभाका सांसद राजीव पहारीले विश्वमा परिचित पोखरालाई व्यवस्थित गर्न ग्रेटर पोखराको अवधारणा अवलम्वन गर्न जरुरी रहेको बताए। पहारीले फेवाताल दिन प्रतिदिन पुरिँदै जाँदा यसको सुन्दरता गुमेको भन्दै आफूले पोखराको आकार विस्तारका लागि अभियान थाल्ने बताए।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले सबैभन्दा धेरै रोजगार दिइरहेको र वैदेशिक मुद्रालाई नेपाल भित्र्याउन सहयोग पुर्‍याइरहेको होटल क्षेत्रलाई प्रदेश सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताए। उनले प्रदेश सरकारलाई यस क्षेत्रका मुद्दालाई प्राथमिकतामा राखेर समुन्नत विकासमा जोड दिन आग्रह गरे। निर्वतमान अध्यक्ष भरत पराजुलीले झण्डै सय अर्ब हाराहारीको लगानी रहेको यस क्षेत्रमा राज्यले विशेष सुविधा दिएर मर्यादित र सुरक्षित रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरणको ग्यारेन्टी गर्नुपर्ने बताए।

पराजुलीले ऐतिहासिक सम्पदाको रुपमा रहेको हिमागृहलाई प्रदेशका मुख्यमन्त्रीको आवास गृह बनाउन गरिएको सिफारिस पर्यटन व्यवसायी र स्थानीयको चाहनाविपरीत भएको बताए। फेवातालको किनारमा रहेको हिमागृहलाई संग्रहालय एवं पार्कका रुपमा विकास गरी पर्यटकका लागि आर्कषक केन्द्रका रुपमा विकास गर्नुपर्ने उनको सुझाव थियो। कार्यक्रममा पर्यटन ब्यवसायमा सम्बद्ध विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी थिए।

यो पनि हेर्नुहोस्:

प्रदेश ४ को मुख्यमन्त्री मा दुई एमाले नेताको चर्चा

प्रदेशदेखि केन्द्र सरकारसम्म प्रतिपक्षमा बस्छौँ’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?