सुर्खेतमा थप २१ जना पत्रकारको स्वाव संकलन

सुर्खेतमा थप २१ जना पत्रकारको स्वाव संकलन
+
-

सिमकोट-सुर्खेतमा विभिन्‍न सञ्‍चार माध्यममा आवद्ध सञ्‍चारकर्मीहरुको कोरोना संक्रमणका लागि स्वाब संकलन कार्य आज दोस्रो दिन पनि जारी रहेको छ।

अहिलेको कोरोना संक्रमणमा पत्रकारहरु अग्रपंङ्तिमा गएर रिपोटिङ गर्नु पर्ने भएपछि कर्णाली प्रदेशको सामाजिक बिकास मन्त्रालयको सहयोगमा कोरोना संक्रमणको स्वाब संकलन कार्य गरिएको हो।

बिहिबार दिउसोसम्म थप २१ जना पत्रकारहरुको कोरोना संक्रमणको स्वाब संकलन गरिएको नेपाल पत्रकार महासंक सुर्खेतका उपाध्यक्ष ललित बसेलले बताए।

बुधबार सुर्खेतमा ४३ जना पत्रकारहरुको कोरोना संक्रमणको स्वाब संकलन भएको थियो। यसअघि पत्रकार महासंघ कर्णली प्रदेश समिति र सामाजिक बिकास मन्त्रालयबिच कर्णालीका दश वटै जिल्लामा क्रियाशिल पत्रकारहरुको स्वाब संकलन गर्ने सहमति भएको थियो।

पुर्व सहमति अनुसार पत्रकार पनि जोखिममा रहेको कारण स्वाब संकलन कार्य सुरु भएको हो। बुधबार गरिएको स्वाब संकलनको रिपोर्ट आज आउने भएको छ।

अब कर्णाली प्रदेशका अन्य नौ जिल्लामा कायरुत सञ्चारकर्मीहरुको पनि स्वाब संकलन कार्य हुनेछ। कर्णालीका अरु जिल्लाका पत्रकारहरुको सम्बन्धित जिल्लाको अस्पताल तथा स्वास्थ्य संस्थामा परिक्षणको ब्यबस्था गर्न लागिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?