
अ
+
अ
अ
-
काठमाडाैँ– यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदकाे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन्।
प्रतिनिधिसभा र राष्ट्रियसभाकाे संयुक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीलाई सरकारको नीति तथा कार्यक्रम हस्तान्तरण गरेका थिए।
सरकारले यही नीति तथा कार्यक्रमका आधारमा यही जेठ १५ गते आगामी आर्थिक वर्षकाे बजेट ल्याउने छ।
बैठकमा उपराष्ट्रपति नन्दबहादुर पुन पनि उपस्थित छन्।
बैठकमा सहभागि हुन पुगेका राष्ट्रपति, नेपाल सरकारका मन्त्री तथा सांसदका केही तस्बिरहरु: